Tuesday, August 27, 2019

नियतिको नियम (कविता २०७६)

तिमी आउने बाटो सँधै एउटै हुने गर्दैन
म पट्ट्यार लाग्ने गरी कुरेर बस्छु
तर पनि मनमा ग्लानी छैन,  किनकी
म तिमिलाई धर्ती सम्झन्छु ।

आशाको दियोमा तेल थप्दै गर्नु मेरो काम
दिनानुदिन बत्ती कमजोर भइरहेको छ
भावना मात्र आकर्षण होइन रहेछ, प्रिये
सपना पनि बहुमूल्य हुन्छन एक्लो भएकाे बेला ।

पहँलो पात झर्नु र हरियो मुना पलाउनु
नियती हाेइन बाध्यता हो प्रकृतिको
मलाई भवँरा मात्र मन पर्दैन काल पनि प्रिय छ
चुसेर छाडेको काेयामा पनि जीवन देख्छु म ।

सार्थक आकाशका सार्थक बादलहरु
मेरो मन मस्तिष्क जति निरर्थक बन्न सक्लान र ?
कामना म गरूँ अनि अरु कोही फूल टिपोस्
नियतीकाे नियम भनेर हात बाँधेकाे छैन मैले ॥




अमुक प्रार्थना (कविता २०७६)

भावनाका छालहरु मन छुने प्रयाशमा छन्
म भने आफ्नै तालमा भौंतारिएको छु
कामना नभएकाे होइन
धर्ति शुन्य लाग्दैछ पल पल  किन हो ?
तिमी अनि तिमी नै मेरो पर्याय
तर किन मन बिचलित हुँदै छ हरपल
प्रकृति कि निरश लाग्दैछ हर बखत
कामनाले मात्र कहाँ हुन्छ र प्रिय ?
रक्तरञ्जित मुहार अनि लाली चढेको गाला
ति सब मेरा लागि भावशून्य प्रतित भए
पँहेलिएर झरेकाे पात र मेरो जीवन
तिमी फुल्न भन्छ्यौ तर म त झरिसकेँ ।
ओइलाउनु पराकाष्ठा होइन प्यारी
मायाकाे धुमिलो प्रकाशले जीवन धान्ला र
तर तिमी क्षितिज पारी किन माया ?
मैले कहिले तिरस्कार गरेँ र ? म त प्रार्थनमा तल्लिन पो !


शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...