Sunday, July 8, 2018

स्वार्थी सारथी (कविता, २०७५)

मागेर नपाइने अधिकार
खोस्न जान्नु पर्दछ भन्थेउ
रुनु, कराउनु, माग्नु कायरता हो
भावनाले छेक्ने गर्नु पर्दछ
हिमाली हावा र मृदु मुस्कान
छरेको राम्रो, टिप्न जान्नु पर्दछ
मात्तिएको बैंश र कालरात्रि
निर्घात बलिदान गर्न जान्नु पर्दछ
सुवाष छर्न किन कन्जुसी
राम रावण अनि सीता मन्दोदरी
धरती फाटेर के गर्नु, ? हरण प्रिय छ
बन्धन तिमी फुकाउ भन्छौ
विभिषण राजी छैनन्
कैकेयीको माया, जटायुको मरण
लक्ष्मण रेखामा सिमित भएँ भन्थ्यौ
शबरी र जुठो बयर
हनुमान त परचक्री भैसके
नल र नील हात बाँधेर बसेका छन्
डुंगा उत्रियो भनेको त डुबिसकेछ
कुम्भकर्ण उठ्ने मानेन, अहिरावण हरायो
भावना निर्ममता तिर गयो
तिमी पराइ भयौ .. मेरी सारथी !!




पलायन (कविता, २०७५)

गलामा माला र निधारमा टीका लगाएर निस्कें
कर्तव्यले रोक्यो नजान सकिन, मायाले रोक्यो जान सकिन
आमाले भनिन के जानु कुवेत, कर्णाली काफी छ...
भार्याले भनिन किन जानु गल्फ, गण्डकी छैन र ...
बहिनीले भनि के जान्छु क्यानाडा, काठमाडौँ के हों त ....
अमिलो मन लिएर बलजफ्ती निस्किएँ
ठेस लाग्यो नराम्रो, आमालाई सम्झिएँ
भाई करायो के जान्छौ कोरिया, खोरिया फाँडे हुन्न ?
आमा र बहिनी, भाई र भार्या
रोक्दो छ परिवार, म उद्यत छु भाग्न
जाउँ कसरी नजाउँ झन् कसरी ?
साहुको ऋण, बहिनीको बिहे
आमाको दवाई, भाइको पढाई
दलाल डस्दो छ, साहु ठग्दो छ
विभाजित मन, च्यात्तिएको इज्जत
न नेताको बोली, न भोटको मोल
लाशका बाकस भित्रिंदा
युवाजती भाग्दो छ
विवेकशुन्य भएर निस्किएँ
अटेर गरेर निस्किएँ
धेरै भयो मातृभूमि त्यागेर निस्किएको
दासताको भुमरीमा परेर
घर फर्कने बाटो बिर्सिएँ ।।

मेरो बिडम्बना (कविता, २०७४)

मा के का लागि प्रयासरत थिएँ  ? थाहा छैन
भगिरथ पो पछि परेछन ।
न सोचेरै साधनामा लिप्त थिएँ शायद
एकलव्य हराएछन ।
आदर्श र मर्यादा खोजेको खोज्यै भएँ
पुरुषोत्तम राम अलमलिएछन्  ।
आशा र अभिलाषाको गोटी चाल्दा चाल्दै
शकुनी पो पराजित भएछन ।
जीवनको लक्ष्य भेदनको लागि उत्रिएँ
अर्जुन ओझेल परेछन ।
दुर्गममा कपास फ़ुलाउदै थिएँ म त
यता पान्चाली नांगीसकिछन् ।
निर्जन वनको डडेलो निभाउन दमकल खोज्दै गर्दा
वैदेही पो अग्नि प्रवेश गरिसकिछन ।
चेलीका पीडाको मलहम खोज्दै जाँदा
आश्विनी कुमार श्रापित भएछन ।
शान्ति र सद्भाव खोज्न लुम्बिनी पुग्दै थिएँ
बुद्ध खबरै नगरी बिलिन भैसकेछन ।
शाकुन्तल र मुनामदनको रहर नपुग्दै
यता देवकोटा विस्मृत भैसकेछन ।
छाऊ गोठ भत्काउन उमङ्ग लिएर जाँदै थिएँ
बिडम्बना !!
गीता, दुर्गा, लक्ष्मी, सीता बलात्कृत भैसकेछन ।।

प्रेयसी र आशा (कविता, २०७४)

बर्षौ भयो तिमीलाई खोजेको
चाहना बलियो नभएर होला, हात नलागेको
धेरै प्रमुख फेरिए, धेरै बाचा बन्धन बाँधिए
करोडौ कस्तुरी बाहिरिए, गैंडा खाग बिहिन भए
भोट त खेर गएकै हो, नोट पनि बचेन
मेलाम्ची नाबनेरै होला राजधानी काकाकुल छ
अरुण र कर्णाली नबनेको अँधेरोमा
तिमी अल्मलियौ शायद, प्रिये !
पेट्रोलको पाइपमा बग्छौ कि, ग्यासको बुलेटमा ?
जहाजमा झण्डा बोक्छौ कि, मोनो रेलमा ?
फास्ट ट्रयाक मा कुद्द्छौ कि, निजगढ़ाको एअरपोर्टमा ?
जसरि आऊ, जहाबाट आऊ, आउन चाहिँ आऊ
न सिंहदरबारमा कुर्न सक्छु न त शितल निवासमा
काष्ठमण्डप त छैन नै प्रिये, न त रानीपोखरी
तानेर लुछे प्रिये, तिम्रो रुप र रंग यहाँ
कुरुप तिमीलाई कुरिरहेछु, मन थामेर
सक्दिन एक्लै छाड्न, माया गरेको छु
बाध्य छु रेमिट्यान्समा जिउन प्रिये
कोशिस छ सिंगार्ने, वाग्मती संग्लो पार्ने
तिमी, तिमी र तिमी नै हों प्रिये, कसलाई सुनाउने ?
रमाउ पुस्तान्तरण होला, आउलान पृथ्वी र भीमसेन
नभए पशुपति र आर्यघाट जिन्दावाद !!

सन्दर्भ संकेत (कविता, २०७३)

घात प्रतिघात, रक्षा प्रतिरक्षा
प्रारम्भ अन्त्य, विधि विधान
भाग भोग, जस अपजस
नदेऊ मलाई विशेषण, छोपेर आँखाहरु
सक्दिन मा उत्रन सदैब पक्षम
विष्फारित नेत्रको कटाक्ष, हो !
सहानुभूति र प्रतिशोधको राप
एकलव्यको गुरु दक्षिणा ?
शुष्क रक्त नलीका र उर्लेको खहरे
रोज तिमी, स्वगंतव्य, स्वतन्त्र
पराधीन हृदयको प्रतिलिपि मागेर
व्यबिचार र मृदुभाषिता सदैव मारेर
तुलना गर, जोख, परख गर, जांच
हृदयको कसीमा, लुला हातहरुले
समाज-सामाजिकता, सन्दर्भ-सान्दर्भिकता
चाहेको बुद्ध, चाहेको गार्गी र प्रिथा
स्वतन्त्र रक्त बिन्दु भित्रको परजीवी
कुण्ठाग्रस्त भौगोलिकता र तिमी
सम्पन्नाताको खडेरी थाती राखेर
चुन मानव वस्ती, स्वहृदयले सदा
न आऊ छायामा, आभा निभिसक्यो
धड्कने हृदय पत्थर बनिसक्यो ।।

Saturday, July 7, 2018

खडेरी र तिमि (कविता, २०७२)

यज्ञवेदीमा होमिन तत्पर सदा
जीवनको समिधा अपुग्दो छ
अभाव छ तिम्रो छायाको
आशा पनि छ थोरै, मायाको
नामको रहर सदा दुषित छ
प्रकृति हाँस्दा रुने, को हो र ?
जवानी खेर गएकी अप्सरा ?
मैन बिश्वामित्रहरु, मेनका देख्दैनन
चाउरी परेको अनुहार, मुस्काउन सकेनन
तर, मुटु र चाउरिन्न रे !
ढुङ्गोलाइ भगवान भनि पूजा गरे सदैब
आशिर्वाद, "मै जस्तै भएस" थुक्क !!
बित्यास परयो तिमि मन्दिर आइनौ
पत्थर कुर्दो छ भगवानको आशामा
एक झल्को पाए तिम्रो, रक्त बग्थ्यो होला
सुकेका, चाउरिएका, खुम्चेका धमानिहरुमा
तर, खै आशा त छैन
पत्थरको मुटुमा दया कहाँ ?
धर्ति फ़ाटेपनि वैदेहीको अभाव छ
न बर्षे पनि हुन्छा, मेघराज ..... अंकुरण छैन
वितृष्णा पर्याप्त हुँदा, बीजको बिनाश
खडेरी ठिक छ पत्थर संग्रह गर्न
यज्ञ वेदी बन्यो त समिधा छैन ।।

मौन उपस्थिति (कविता, २०७३)

तिम्रो रुप झरनाको पानी
व्यहोरा अमिलो अंगुर
छेका परेको अलि अलि उज्यालो
हावाले उडाएको केशराशी
चन्द्र माथ गर्ने रुप तिम्रो (?)
बादल लाग्दा कस्तो देखिएला
म त सम्झने चाहन्न कहिल्यै
उमंगले भरिएको पोशाक आँखा
नलोलाई झर्न कहाँ सक्छन ?
बगाउलान आँशुको धाराले
फर्कन मन छैन यो धुमिल शहरमा
झ्यालको पर्दा अलिकति हटाऊ
घुर्मैलो प्रकाश तँ छाड म छाड गर्दै
छिर्न खोज्यो तिम्रो पछेउरि भित्र
मेरो हंसले ठाउँ छाड्यो
नारी गलेर आयो, रगर उम्ल्यो
वाफिलो हुनै लाग्दा, अकस्मात हिंउ झरयो
के गर्न लागेकी ? शीतलहरी दिएर
फागुनको हलुका सिरेटो उडाउने
घुम्टो उघार्न उद्द्यत छ, त्यो तिम्रो
मलाई अति नरमाइलो लग्यो प्रिये !!
सम्झना त देउ तिम्रो उपस्थिति !!

अनुनय (कविता, २०७४)

घाउ लिएर मुटुमा तिम्रो पीडाको
बैद्यको मल्हम लेपनको प्रतिक्षामा
दैलो ठोकेको त हो, आवाज आएन
शुन्य अवयवका हलचल
रक्त बिहीन नालीहरु
याद ताजा राख्न सकिन
दुत्कार्नै पर्दैनथ्यो अरूसामु
एकान्तवास पनि सहज थ्यो
भन्न सकिन भनेर, गला रेटी
सोध्नै पर्दैनथ्यो ।
त्रिशुल घोपेर मुटुमा
सुकेको रगत, बग्दैनथ्यो ।
अश्रुहीन नेत्र बिष्फारित हुँदा
बालुवा छेप्नु पर्दैनथ्यो ।
चुडिएको फूल जोड्न कहाँ सक्थे र ?
तैपनि गोडाले नामिचेको भएहुन्थ्यो
बालुवामा पदचिन्ह देखिन्नथ्यो
हावा नबोलाएको भएपनि हुन्थ्यो
ताकेर गोलि हनिसकेपछी
सहानुभूति नदिएको भए हुन्थ्यो ।।

निषेधाज्ञा (कविता, २०७४)

भुलेको होइन तिमीलाई याद ताजा नै छ
नदेखेको पनि कहाँ हो र ?
सुनेको त पटक्कै छैन, पदचापहरू
धड्कन मात्र बढेको छ ।
सुवासिलो पवनको झोक्का
मन मादक बनाउन पर्याप्त छ ।
जुनकिरी पिल्पीलाउँदा, पूर्णिमाको आभाष छ
औंसी त केहि होइन, दिन नै अँधेरो छ ।
नभनी बस्न सक्दिन
घाउका पाप्रा नकोट्याए वेश
सपना किन देंखु ? विपना भारी छ ।
आऊ जाऊ नगर तिमि, समय छैन
भदौरे भेल होला र त, जीवन श्मसान भयो ।
बगर शुन्य किन नहोस्, शहर खाली हुँदा
नभनु भन्न मन लाग्छ, भंनु भन्ने दिक्क लाग्छ
जाऊ तिमि स्वतन्त्र छौ ..........
निषेधाज्ञा पहिले नै हटिसक्यो ।।

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...