Saturday, July 7, 2018

अनुनय (कविता, २०७४)

घाउ लिएर मुटुमा तिम्रो पीडाको
बैद्यको मल्हम लेपनको प्रतिक्षामा
दैलो ठोकेको त हो, आवाज आएन
शुन्य अवयवका हलचल
रक्त बिहीन नालीहरु
याद ताजा राख्न सकिन
दुत्कार्नै पर्दैनथ्यो अरूसामु
एकान्तवास पनि सहज थ्यो
भन्न सकिन भनेर, गला रेटी
सोध्नै पर्दैनथ्यो ।
त्रिशुल घोपेर मुटुमा
सुकेको रगत, बग्दैनथ्यो ।
अश्रुहीन नेत्र बिष्फारित हुँदा
बालुवा छेप्नु पर्दैनथ्यो ।
चुडिएको फूल जोड्न कहाँ सक्थे र ?
तैपनि गोडाले नामिचेको भएहुन्थ्यो
बालुवामा पदचिन्ह देखिन्नथ्यो
हावा नबोलाएको भएपनि हुन्थ्यो
ताकेर गोलि हनिसकेपछी
सहानुभूति नदिएको भए हुन्थ्यो ।।

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...