Sunday, July 8, 2018

पलायन (कविता, २०७५)

गलामा माला र निधारमा टीका लगाएर निस्कें
कर्तव्यले रोक्यो नजान सकिन, मायाले रोक्यो जान सकिन
आमाले भनिन के जानु कुवेत, कर्णाली काफी छ...
भार्याले भनिन किन जानु गल्फ, गण्डकी छैन र ...
बहिनीले भनि के जान्छु क्यानाडा, काठमाडौँ के हों त ....
अमिलो मन लिएर बलजफ्ती निस्किएँ
ठेस लाग्यो नराम्रो, आमालाई सम्झिएँ
भाई करायो के जान्छौ कोरिया, खोरिया फाँडे हुन्न ?
आमा र बहिनी, भाई र भार्या
रोक्दो छ परिवार, म उद्यत छु भाग्न
जाउँ कसरी नजाउँ झन् कसरी ?
साहुको ऋण, बहिनीको बिहे
आमाको दवाई, भाइको पढाई
दलाल डस्दो छ, साहु ठग्दो छ
विभाजित मन, च्यात्तिएको इज्जत
न नेताको बोली, न भोटको मोल
लाशका बाकस भित्रिंदा
युवाजती भाग्दो छ
विवेकशुन्य भएर निस्किएँ
अटेर गरेर निस्किएँ
धेरै भयो मातृभूमि त्यागेर निस्किएको
दासताको भुमरीमा परेर
घर फर्कने बाटो बिर्सिएँ ।।

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...