Wednesday, October 23, 2019

व्यग्र प्रतिक्षाा (कविता - २०७६)

पदचापहरु अकस्मात मधुर हुँदै गए
नदीको वहाव पनि त शुन्य नै लाग्ने भयो
तिमी नहुँदा मनका तारहरु पनि चुँडिन खोजे
केवल मन मात्र छैन मसँग मस्तिष्क पनि छ

तर के गर्नु दुवै अकस्मात शुन्य भैदिए ।
तरंग त त्यही नै हो नि होइन र ?
बादलहरु अकस्मात जुध्न थाले
पानी पर्ने संकेत त मैले भेटिन तर पनि

धुँवा उडेकै हो त प्रिय तिम्रो प्रस्थान मा ?
मधुर मिलनको आशामा म तिमीलाई
छोटो बिदा दिँदैछु भन्ने लाग्छ
तर त्यो मिलनको पर्खाई हरपल कठिन छ

भित्ते घडी ट्‍वाक ट्‍वाक तिमीलाई सम्झाउँदै छ
फोनका प्रत्येक घण्टी झन् उद्यत छन्
यिनै अचल पानाहरुमा चलायमान जीवन खोज्दै छु
तिमी आउने बाटो हेर्दै चश्माको धूलो पुछ्दै छु ।।

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...