Wednesday, November 28, 2018

उन्नती र रहर (कविता २०७५)

बाध्यता ठूलाे जिउन पर्ने छाडेर रहर
ग्रामीण बस्ती अन्याैल सदा टाढा छ शहर ।
राेग र भोाक बाध्यता यहाँ अन्नले देखेन
विकास कहाँ उन्नती कहाँ सर्कार देखेन ॥

जीवन काँडा अत्ती नै भयो रहेन रहर
भावना कस्तो प्रकृति पनि अति नै निष्ठुर ।
कामना थियो मनमा  सबै उन्नत जिउने
गिठ्ठा र भ्याकुर कुवाको पानी रमेर पिउने ॥

बालक साना भाेका र नांगा रुन्छन् अति नै
फोहोरी बस्ती उजाड मन बलेन बत्ती नै ॥
बाटो र पानी रहर ठूलाे बस्तीमा पुगेन
चुनाव अायो नेताकाे बाेली कहिले जुरेन ॥

नेपाली सबै कामना गर्ने उन्नती भनेर
दिदैंन कदा सर्कार यहाँ दिल त्यो खोलेर ।
रहाैंला हामी यसरी कति उन्नती नदेखी
पाईन्न केही छैंठीमा यहाँ भाग्यले नलेखी ॥


प्रकृति र अाग्रह (कविता २०७५)

रहर ठूलो मनमा राखी गरेथें कामना
भावना बुझी सजाई राखेँ मनकाे कुनामा ॥
सक्दिन देख्न दुःख र अाँशु टप्केकाे गालामा
मुटु र मन दुख्दछ अति अड्किन्छ गलामा ।

दर्शन पाउँ  दैनिक प्रिय  उषाको लालीमा
फुलेका फूल उन्मत्त भई झुकेकाे डालीमा ।
चिहाई हेर मनकाे कुना पाउँछाै मलाइ
जगत हाँस्छ प्रेममा सदा हुनेछ भलाई ॥

कमल फूल्यो तलाउ माझ उन्मत्त बै‌ंश लि
उपमा तिमी सर्वथा लाग्छ काेमल अंग ति ।
हरिया पात पानीमा तैरी गर्दछ  बिनती
लिऊ न  तिमी सापटी बैंश थापेर अंजुली ॥

पवन झोक्का मधुर वास रजनी तिम्रो हो
सुन्दर छटा नहाँसी हेर्ला उनको रुप त्यो ।
ममता भरी मुटुमा आज आउन स‌ंगाल्न
छाडेर सबै रिस र राग चाहन्छु अंगाल्न ।।


Tuesday, November 27, 2018

सपनी र प्रेयसी (कविता २०७५)

प्रेमको भाव हृदय माझ उत्पन्न भै गयाे 
संसार कस्तो अचम्म लाग्दो मनमा के भयो ।
भेटेकाे छैन देखेकाे छैन प्रेयसी कदापी
मनको भाव कसरी आयो मुहार नदेखी ।।

झुल्केकाे घाम मधुरो लाली पाेतियो धरामा
परेकाे छैन कसरी भनुँ प्रेमको करमा ।
लाग्दछ रम्य जुनेली रात रंगिन दुनियाँ 
सुवास मीठाे सामिप्य आश आभाष मनमा ।।

देखियो रुप झलक्क अाज बिहानी घाममा 
अप्सरा माथ गर्थिन उनी उन्मत्त पारामा ।
माेहनी रुप उज्ज्वल तेज निर्मल याैवन 
सकूँला राख्न हृदय माझ स्याहारी जोबन ।।

प्रार्थना गरें अर्पिएँ फूल बाहुमा समाती 
मुसुक्क हाँसी मधुर बाणी क्यै छैन आपत्ती ।
रमेर गएँ समिप अलि मसक्क मस्किएँ 
सपनी रैछ नयन खुले झसंग झस्किएँ ।।



Monday, November 26, 2018

उनी र मीठाे अतित (कविता २०७५)

लाग्दछ सदा अतित मीठो सर्वदा मनमा
रहेथ्याे छवि धुमिल भइ हृदय कुनामा ।
सुवास मन्द उनको अति सपना सुन्दर
रहेको माया सदैव यहाँ अन्तर कुन्तर ।।

नाचने सदा रमण भइ मन्द त्याे पवन
काेपिला राम्रा हरिया राता उन्मत्त जीवन ।
पुतली खेल्ने शितका थोपा रहर अनाैठो
लालिमा रक्त नभमा भानु किरण सुनाैलो ।।

झुल्किन उनी मुस्कान साथ झिम्केका परेली
बदामे अाँखा डिम्पल अाहा केशका तरेली ।
सुराही गला सुडाैल नारी उन्नत उराेज
उर्वशी रुप स्फटिक गाेडा लाग्दथे सहज ।।

बारुले कटी तेजीलाे अोज सर्वथा सुन्दरी
मनमा बसी राज है गर्थिन बरन उपरी ।
फूलले छेकी मुस्कान उनी छर्थिन धरामा
रहूँला कसाे नसम्झी रुप मनकाे चरमा ।।

Friday, November 23, 2018

तुलना किन गरुँ (कविता २०७५)

मरेकाे छैन म  कसैकाे यादमा 
किन रुनु र यत्तिकै कसैले देख्ने गरी 
वादा गर अनि ताेड अनि फेरी गर वादा
राेकेकाे कसले छ र तिमीलाइ टाढा हुन
सामिप्यता मन नपरेकाे चाहीँ हाेइन
तर झुटाे हाे भने किन .....
प्रकृतिकाे मीठाे सुवास र तिमी
दुवै मन नपरेकाे हाेइन तर
वास्तविकता नबुझेकाे पनि त हाेइन
तिमी जहाँ जाउ मलाइ केहि फरक पर्दैन
म जहाँ पनि ठीक छु 
बाधा गरेकाे हैन मैले याे 
वास्तविकता उजागर नै छ
भिन्न  भिन्न जसकाे मति भएपनि
ससार स्वर्ग त्यसबेला हुनेछ
जतिबेला उन्माद र बै‌श कायम छ 
उपल्लो बैश र सुन्दरी एकै परिधीका काया
नरहने भयाे माया अनि अभिवाजित छाया 
तुलना किन गरुँ म कसैकाे उनीसँग
बिना समय त्याे पनि त क्षणभ‌ङ्गुर हाे नि ।।



Friday, November 16, 2018

रहर र तिमि (कविता २०७५)

रहर मनको चाहनासंग दुश्मनी गर्छ
भावना उत्तेजित कदापी हुदैन
तिमि पो हौ त्यो मलाई भावशुन्य बनाउने
चित्कार मायाको किन सुनिन्न यहाँ
हावा पनि दुश्मन छ मेरो प्रिय
तिमि त केवल मध्यम हौ रे त
उत्तम त खै को पो हो र
जवानी किन यस्सै फाल्छौ भाव शुन्य भएर
समुन्द्र टाढा भएर त सरल छ
नदीको बहाव अपाच्य किन उसलाई
गुलाफ र काँडा जस्तै तिमि र म
केवल शित बिन्दु हो मिलाप गराउने, तप्प तप्प
रहर नभएको हैन मायाको
पुर्बिय हावा प्रबल भएको छ
तिम्रा केश राशी किन उडेनन
अनि त रहर शुन्य भयो - मौनता ।।

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...