Wednesday, November 28, 2018

प्रकृति र अाग्रह (कविता २०७५)

रहर ठूलो मनमा राखी गरेथें कामना
भावना बुझी सजाई राखेँ मनकाे कुनामा ॥
सक्दिन देख्न दुःख र अाँशु टप्केकाे गालामा
मुटु र मन दुख्दछ अति अड्किन्छ गलामा ।

दर्शन पाउँ  दैनिक प्रिय  उषाको लालीमा
फुलेका फूल उन्मत्त भई झुकेकाे डालीमा ।
चिहाई हेर मनकाे कुना पाउँछाै मलाइ
जगत हाँस्छ प्रेममा सदा हुनेछ भलाई ॥

कमल फूल्यो तलाउ माझ उन्मत्त बै‌ंश लि
उपमा तिमी सर्वथा लाग्छ काेमल अंग ति ।
हरिया पात पानीमा तैरी गर्दछ  बिनती
लिऊ न  तिमी सापटी बैंश थापेर अंजुली ॥

पवन झोक्का मधुर वास रजनी तिम्रो हो
सुन्दर छटा नहाँसी हेर्ला उनको रुप त्यो ।
ममता भरी मुटुमा आज आउन स‌ंगाल्न
छाडेर सबै रिस र राग चाहन्छु अंगाल्न ।।


No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...