Monday, November 26, 2018

उनी र मीठाे अतित (कविता २०७५)

लाग्दछ सदा अतित मीठो सर्वदा मनमा
रहेथ्याे छवि धुमिल भइ हृदय कुनामा ।
सुवास मन्द उनको अति सपना सुन्दर
रहेको माया सदैव यहाँ अन्तर कुन्तर ।।

नाचने सदा रमण भइ मन्द त्याे पवन
काेपिला राम्रा हरिया राता उन्मत्त जीवन ।
पुतली खेल्ने शितका थोपा रहर अनाैठो
लालिमा रक्त नभमा भानु किरण सुनाैलो ।।

झुल्किन उनी मुस्कान साथ झिम्केका परेली
बदामे अाँखा डिम्पल अाहा केशका तरेली ।
सुराही गला सुडाैल नारी उन्नत उराेज
उर्वशी रुप स्फटिक गाेडा लाग्दथे सहज ।।

बारुले कटी तेजीलाे अोज सर्वथा सुन्दरी
मनमा बसी राज है गर्थिन बरन उपरी ।
फूलले छेकी मुस्कान उनी छर्थिन धरामा
रहूँला कसाे नसम्झी रुप मनकाे चरमा ।।

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...