मायाका आधारहरु शक्तिविहीन भएका छन्
केवल चरीले आवाज मात्र सुनाई दिन्छ
तर चरी कहाँ छ कसैलाई थाहा छैन
यस्तै-यस्तै भावना हो हाम्रो प्रिय !
मन सधै अशान्त भइदिन्छ
खोजी सधैँ तिम्रै हो मेरो मनको
तर बालुवाहरु हावाले उडाउँदा
कसैगरी पनि मिलन सम्भव नभएकै हो त
कि हाम्रो प्रणयमा कसैको आँखा लाग्यो?
माया एकोहोरो गरेको, न मैले न तिमीले
यो त सागर र सगरको मिलन झैं भयो
केही गरेपनि सामीप्यता पाउन सकिएन
उदास हृदय छिन्न-भिन्न भैसकेको छ
तर पनि आला रगतका टाटाहरु वरिपरि छरिएका छन् ।
के गरि बुझाउ यो थलिएको मनलाई
तिम्रो उपस्थिति शून्य नहुँदो हो त
मेरो हृदय पनि चलायमान हुन्थ्यो होला
त्यो पापी मनले केहि आस नगरेको रहेछ
मानौं सन्सार नै मेरो लागि मौन छ ।