कुरा म कक्षा ९ मा हुँदाको हो । त्यो बेला बोर्डिंग स्कुलमा दार्जेलिङ्गका टिचरहरुको खुब डिमाण्ड हुन्थ्यो । हाम्रो स्कुलमा पनि बिज्ञान टिचरको रुपमा एकजना दार्जेलिंगे सर आउनु भएको थियो । सरको घर दार्जेलिङ्ग होइन कि सरले दार्जेलिङ्गमा पढेर आउनु भएकोले फेमस हुनुन्थ्यो । घर त उहाँ को चितवन थियो रे । हामी ३ जना केटीहरु बिज्ञान बिषयमा अलिक कम्जोर थियौं । त्यो भएर बिज्ञान सरले हामीलाई छुट्टै ट्युसन पढाउनु हुन्थ्यो । हामी तिन मध्ये म अलिक जान्ने थिएँ जस्तो लाग्थ्यो तर परीक्षाको नतिजा आउने बेला सधैं मेरो नम्बर कम कम आउँथ्यो । त्यहि भएर बिज्ञान सरले हामीलाई ट्युसन पढाउन थाल्नु भएको थियो ।
३ महिना जति पढे पछि हाम्रो बिज्ञान बिषय अलिक सुध्रिन थाल्यो सर को भनाइमा । हामी २ जना ले पढ्न छाड्यौ तर समिराले भने पढ्न छाडेकी थिइन ।
हाम्रो बार्षिक परीक्षा पछि केहि समय स्कुल बन्द हुने गर्थ्यो । सधै झैँ येसपाली पनि स्कुल बन्द भयो । एकदिन मेरो घरमा रुँदै समिरा आइ । उसको रुनुको कारण हामीलाई थाहा त भएन तर आमाले शंका गर्नु भएछ हाम्रो कुरा सुने पछि। समिराको महिनावारी रोकिएको रहेछ । आमाले राम्रो सँग भने पछि भने हामीलाई थाहा भयो कि समिरा ले एक्लै ट्युसन पढेको फल रहेछ त्यो बिज्ञान सर सँग ।
हाम्री आमालाई लिएर हामी बिज्ञान सर बस्ने घर तिर लाग्यौ । घर पुगेपछि थाहा भयो सर त स्कुल बन्द भएको दिन नै कोठा छाडेर जानु भएको रहेछ । कहाँ जानु भयो केहि थाहा हुन सकेन । भोलिपल्ट स्कुल को पाले दाइलाई भेट भयो । पाले दाईलाई मैले बिज्ञान सरको बारेमा सोधेँ र थाहा भयो कि सर चितवन जानु भएको रहेछ तर कहिले यता नफर्कने गरी ।
अब हामीलाई डर लाग्न थाल्यो । समिराको घरमा कसरि कुरा गर्ने भनेर । हाम्री आमाले निक्कै आँट गरेर समिराको मम्मी सँग कुरा गर्नु भयो । समिरा सँग ट्युसन पढ्न हामी पनि जाने गरेकोले हामी माथि पनि शंका भयो तर हामी २ जना भने त्यो सबैबाट टाढा नै थियौ ।
पुलिसलाई भन्ने कुरा भयो तर समिराको मम्मीले आफ्नो इज्जतको कारणले गर्दा पुलिसको मा जान नसकिने कुरा गर्नु भयो ।
घर फर्केर आएपछि मलाई निक्कै गाह्रो भयो कसरी समिरालाई हेल्प गर्ने भनेर । भोलिपल्ट मैले समिरालाई भेटेर हामी दुई जना भए पनि सर लाई खोज्न जाउँ भन्ने कुरा गरेँ । समिराले पहिले त मानिन तर मैले फकाए पछि भने मानी ।
अब समस्या रह्यो पैसाको । हामीले प्लान गरेर आफुसँग भएको गहना बेचेर भएपनि घर बाट निस्कने निर्णय गर्यौँ । प्लान अनुसार भोलिपल्ट कसैलाई नभनी समिरा र म घरबाट निस्क्यौं ।
घरबाट हामी चितवन पुगेर नारायणघाट बजार भरी सरको हुलिया बताउँदै भेटे जति मान्छे हरुलाई सोध्न थाल्यौं । त्यो दिन भरि खोज्दा पनि भेटिएन । साँझ परे पछि एउटा सस्तो लज बुक गरेर भात खाएर सुत्यौं । दिनभरि नारायणघाट बजार हिँडेको हुनाले कति बेला निदायौ थाहा नै भएन । भोलिपल्ट बिहानै उठेर फेरी सरलाई खोज्ने क्रम सुरु भयो । भरतपुर उकालो नजिकैको चिया पसलमा चियाको कप हातमा लिएर नजिकैको सब्जी पसलतिर हेरेर बसेकी थिएँ म ।
झुलुक्क हामीले खोजी गरेको सर जस्तै देखिने मान्छे तरकारी किन्न आयो । मैले समिरालाई इशारा गरेर देखाएँ सर भन्ने पक्का भयो । हामीले थाहा नदिइ सरको पछि पछि लाग्यौं छेक पर्दै पर्दै । १२-१३ मिनेट जति हिंडे पछि एउटा पुरानो घरमा सर छिर्नु भयो हामी पनि पछि पछि छिर्यौं । सरको कोठामा पुग्ने बेला सरले हामीलाई देख्नु भयो र अलिक हच्किनु पनि भयो । हामीलाई कोठा भित्र आउने संकेत दिनुभयो ।
कोठा भित्र छिर्ने बित्तिकै समिरा सरलाई अंगालो हालेर रुन लागि । मलाइ पो अप्ठेरो भयो म भित्ता तिर फर्किएँ । ३-४ मिनेट पछि मैले फर्केर हेरेको उनीहरु अझै अंगालोमा नै थिए । मलाई देखेर अलिक सम्हालिए । अब कुरा सुरु भयो सरले आफ्नो कर्तुत स्वीकार गर्नुभयो तर अहिले समिराको उमेर सानै भएकोले बिहे गर्न भने नसक्ने पनि बताउनु भयो । अनि फकाएर हामीलाई गाउँ फर्किन सल्लाह दिनुभयो।
स्कुल लाग्ने बेलामा आउँछु चिन्ता नगर बच्चा पनि म गाउँलेहरुकाे अगाडी नै स्वीकार्छु तिमीलाई सबै स्कुलको अगाडी बिहे गर्छु भनेर हामीलाई आस्वासन दिइयो । हाम्रो कलिलो दिमागले त्यो कुरा पत्यायो । सरले हामीलाई १०००/१००० रुपियाँको नोट दिएर बससम्म पुर्याउन पनि आउनुभयो । हामी खुशी खुशी गाउँ फर्कियौ ।
मेरो घरमा पुगेपछि आमाले निक्कै गाली गर्नु भयो तर हामीलाई त्यो गाली पनि प्रिय लग्यो समिराको खुसिको अगाडी ।
समय बित्दै गयो स्कुल पनि खुल्यो । समिराको पेट ठुलो ठुलो हुँदै गयो तर सर आउनु भएन । लाजले समिरा घर मै बस्थि कहले कहिँ मा उसलाई भेट्न जाने गर्थें । सर न आउनुभएको कारण हामी दुखित थियौ । हाम्रो कलिलो मस्तिस्क लाई सरले सजिलै झुक्याउनु भएछ हामीले बल्ल कुरा बुझ्यौ ।
दशैंको फूलपातीको दिन समिराले छोरी पाई। समाजले समिराको परिवार लाई छि: छि: दुर दुर गर्न थाल्यो । उनीहरु गाउँमा बस्न नसक्ने भएपछी दशैं को टिकाको दिन कता जानु भयो गाउँमा कसैलाई थाहा हुन सकेन ।
एस. एल. सी. पास भए पछि म कजेल पढ्न काठमाडौँ गएँ । एकदिन पानी परेको बेला बागबजारको पुल मुनी ओत लागेर बसेको बेला समिराको मम्मी सँग अकस्मात भेट भयो अनि थाहा भयो कि समिराले त आत्महत्या गरिछिन् । त्यो सुनेर मेरो आँखा भरि आँशु आयो । उनको छोरी चाहिँ मम्मी सँगै रहिछिन ।
चार बर्ष पछि म नेपाल प्रहरीमा जागिरे भएँ । प्रशासनसँग अनुनय गरेर चितवनमा नै पोष्टिङ्ग मागेँ ।
४ बर्ष लगाएर पुरा चितवन भरिमा खोजेर फेरी त्यो बिज्ञान सरको पत्ता लगाएँ । पुरानो केस भएको, समीरा पनि जिवीत नरहेकी र पर्याप्त प्रमाणहरु जुटाउन नसकेर सरलाई मुद्दा चलाउन भने सकिएन तर पनि मैले समिराको छोरीलाई सरको जिम्मा लगाएँ अनि अदालतबाट पढाई लगायत सबै खर्च सरले व्यहोर्नु पर्ने सम्मको कागज गराउन भने सफल भएँ । समिराको आत्माको चिर शान्तिको कामना गर्दै ।
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Subscribe to:
Post Comments (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...

-
झण्डै हानेको बाइकले । कसरी चलाउँछन् आजकालका केटाकेटीहरु सवारी साधन । आफ्नो ज्यानको समेत ख्याल राख्दैनन् अरुको त कुरै नगरे भो यो शहरमा । ...
-
सुनौलो केश चम्किलो नेत्र उन्नत उरोज गालामा खाल्डो निधार चौडा लाग्दछ सरोज मादक हाँसो मुहार आभा प्रेमिल बदन नहोला कसो प्रेमको जालो खुशीको र...
-
बालुवाको पानी जस्तो पनि जीवन हावाको झोक्काको त कुनै मूल्य नै रहेन् । आस्थाको कमीमा पनि त तिमि साथ मै मेरो आफन्त त दाउ हेरेर दाऊ रोप्छन् । सु...
No comments:
Post a Comment