तीन हाते छिमेकी पस्यो दैलो फोरेर
आमाको अस्मिता लिलाम भएको छ
टुलुटुलु हेर्दै छोराहरु मैदानमा छन्
भाग्दैछन् डराएर आमा छाडेर गन्तव्यहीन ।
आमालाई पीडा भएकाे छ आज
मन त हो तन्नेरी वयमा जाँदैछ
कामना रहेको थियो कि सजाउँ
लाग्दैछ कोही चिथाेर्दै छ उनलाई ।
चित्कार सुनिएको छ जताततै
खैलाबैला मच्चियो कुनाकुना
अस्मिता माथि धावा बोल्यो कसैले
रगतको आँशु झर्यो आमाको आँखाबाट ।
अधिकार प्राप्त छोरो मौन छ
कायरता भनुँ भने बीर गाेर्खाली
रगत सुकाएर बाँच्दैछ लिपुलेकमा
धुमिल दृश्यले ज्वाला भट्कियो मनमा ।।
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Subscribe to:
Post Comments (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...
-
प्रेमको भाव हृदय माझ उत्पन्न भै गयाे संसार कस्तो अचम्म लाग्दो मनमा के भयो । भेटेकाे छैन देखेकाे छैन प्रेयसी कदापी मनको भाव कसरी आयो ...
-
मा के का लागि प्रयासरत थिएँ ? थाहा छैन भगिरथ पो पछि परेछन । न सोचेरै साधनामा लिप्त थिएँ शायद एकलव्य हराएछन । आदर्श र मर्यादा खोजेको खो...
-
झण्डै हानेको बाइकले । कसरी चलाउँछन् आजकालका केटाकेटीहरु सवारी साधन । आफ्नो ज्यानको समेत ख्याल राख्दैनन् अरुको त कुरै नगरे भो यो शहरमा । ...
No comments:
Post a Comment