तीन हाते छिमेकी पस्यो दैलो फोरेर
आमाको अस्मिता लिलाम भएको छ
टुलुटुलु हेर्दै छोराहरु मैदानमा छन्
भाग्दैछन् डराएर आमा छाडेर गन्तव्यहीन ।
आमालाई पीडा भएकाे छ आज
मन त हो तन्नेरी वयमा जाँदैछ
कामना रहेको थियो कि सजाउँ
लाग्दैछ कोही चिथाेर्दै छ उनलाई ।
चित्कार सुनिएको छ जताततै
खैलाबैला मच्चियो कुनाकुना
अस्मिता माथि धावा बोल्यो कसैले
रगतको आँशु झर्यो आमाको आँखाबाट ।
अधिकार प्राप्त छोरो मौन छ
कायरता भनुँ भने बीर गाेर्खाली
रगत सुकाएर बाँच्दैछ लिपुलेकमा
धुमिल दृश्यले ज्वाला भट्कियो मनमा ।।
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Subscribe to:
Post Comments (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...
-
प्रेमको भाव हृदय माझ उत्पन्न भै गयाे संसार कस्तो अचम्म लाग्दो मनमा के भयो । भेटेकाे छैन देखेकाे छैन प्रेयसी कदापी मनको भाव कसरी आयो ...
-
भुलेको होइन तिमीलाई याद ताजा नै छ नदेखेको पनि कहाँ हो र ? सुनेको त पटक्कै छैन, पदचापहरू धड्कन मात्र बढेको छ । सुवासिलो पवनको झोक्का मन...
-
रहर मनको चाहनासंग दुश्मनी गर्छ भावना उत्तेजित कदापी हुदैन तिमि पो हौ त्यो मलाई भावशुन्य बनाउने चित्कार मायाको किन सुनिन्न यहाँ हावा पनि...
No comments:
Post a Comment