Sunday, July 8, 2018

मेरो बिडम्बना (कविता, २०७४)

मा के का लागि प्रयासरत थिएँ  ? थाहा छैन
भगिरथ पो पछि परेछन ।
न सोचेरै साधनामा लिप्त थिएँ शायद
एकलव्य हराएछन ।
आदर्श र मर्यादा खोजेको खोज्यै भएँ
पुरुषोत्तम राम अलमलिएछन्  ।
आशा र अभिलाषाको गोटी चाल्दा चाल्दै
शकुनी पो पराजित भएछन ।
जीवनको लक्ष्य भेदनको लागि उत्रिएँ
अर्जुन ओझेल परेछन ।
दुर्गममा कपास फ़ुलाउदै थिएँ म त
यता पान्चाली नांगीसकिछन् ।
निर्जन वनको डडेलो निभाउन दमकल खोज्दै गर्दा
वैदेही पो अग्नि प्रवेश गरिसकिछन ।
चेलीका पीडाको मलहम खोज्दै जाँदा
आश्विनी कुमार श्रापित भएछन ।
शान्ति र सद्भाव खोज्न लुम्बिनी पुग्दै थिएँ
बुद्ध खबरै नगरी बिलिन भैसकेछन ।
शाकुन्तल र मुनामदनको रहर नपुग्दै
यता देवकोटा विस्मृत भैसकेछन ।
छाऊ गोठ भत्काउन उमङ्ग लिएर जाँदै थिएँ
बिडम्बना !!
गीता, दुर्गा, लक्ष्मी, सीता बलात्कृत भैसकेछन ।।

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...