Saturday, July 7, 2018

खडेरी र तिमि (कविता, २०७२)

यज्ञवेदीमा होमिन तत्पर सदा
जीवनको समिधा अपुग्दो छ
अभाव छ तिम्रो छायाको
आशा पनि छ थोरै, मायाको
नामको रहर सदा दुषित छ
प्रकृति हाँस्दा रुने, को हो र ?
जवानी खेर गएकी अप्सरा ?
मैन बिश्वामित्रहरु, मेनका देख्दैनन
चाउरी परेको अनुहार, मुस्काउन सकेनन
तर, मुटु र चाउरिन्न रे !
ढुङ्गोलाइ भगवान भनि पूजा गरे सदैब
आशिर्वाद, "मै जस्तै भएस" थुक्क !!
बित्यास परयो तिमि मन्दिर आइनौ
पत्थर कुर्दो छ भगवानको आशामा
एक झल्को पाए तिम्रो, रक्त बग्थ्यो होला
सुकेका, चाउरिएका, खुम्चेका धमानिहरुमा
तर, खै आशा त छैन
पत्थरको मुटुमा दया कहाँ ?
धर्ति फ़ाटेपनि वैदेहीको अभाव छ
न बर्षे पनि हुन्छा, मेघराज ..... अंकुरण छैन
वितृष्णा पर्याप्त हुँदा, बीजको बिनाश
खडेरी ठिक छ पत्थर संग्रह गर्न
यज्ञ वेदी बन्यो त समिधा छैन ।।

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...