Sunday, July 8, 2018

सन्दर्भ संकेत (कविता, २०७३)

घात प्रतिघात, रक्षा प्रतिरक्षा
प्रारम्भ अन्त्य, विधि विधान
भाग भोग, जस अपजस
नदेऊ मलाई विशेषण, छोपेर आँखाहरु
सक्दिन मा उत्रन सदैब पक्षम
विष्फारित नेत्रको कटाक्ष, हो !
सहानुभूति र प्रतिशोधको राप
एकलव्यको गुरु दक्षिणा ?
शुष्क रक्त नलीका र उर्लेको खहरे
रोज तिमी, स्वगंतव्य, स्वतन्त्र
पराधीन हृदयको प्रतिलिपि मागेर
व्यबिचार र मृदुभाषिता सदैव मारेर
तुलना गर, जोख, परख गर, जांच
हृदयको कसीमा, लुला हातहरुले
समाज-सामाजिकता, सन्दर्भ-सान्दर्भिकता
चाहेको बुद्ध, चाहेको गार्गी र प्रिथा
स्वतन्त्र रक्त बिन्दु भित्रको परजीवी
कुण्ठाग्रस्त भौगोलिकता र तिमी
सम्पन्नाताको खडेरी थाती राखेर
चुन मानव वस्ती, स्वहृदयले सदा
न आऊ छायामा, आभा निभिसक्यो
धड्कने हृदय पत्थर बनिसक्यो ।।

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...