Sunday, December 23, 2018

लघु कविता - ३ (कविता २०७५)

वायुकाे नमिठाे झाेक्का
नारीकाे अपमान
बलाकृत निर्मला(हरु)
*********
डिजलकाे नमिठाे गन्ध
उन्मत्त अंगुठाछाप नेता
लालबाबुकाे साईकल माेह
*********
अभावमा उजाड बस्ति
माेटाएका नेता
तिम्राे गरिबीकाे पराकाष्ठा
*********
आभाष सामिप्यताकाे सदा
उडेकाे चुनरीकाे छाया
मनमा तिम्राे प्रतिछायाँ
*********
चिसाे सिरेटाे ओहाे
कल्पना बाहिरकाे सम्बन्ध
तिमी दूर भएकाे आभाष
*********
यहाँ उर्लेकाे खहरे
उता तिम्राे बै‌श
मनमा तरेली
*********
एकहाेरी राधाकाे माेहनी
कृष्णकाे गाेपीनी माेह
बिचरी मिराकाे सादगी
*********
तिम्राे झूठाे वादा
छल्केकाे आँशुकाे धारा
चितामा सुतेकाे मेराे लाश

Friday, December 21, 2018

कामना र तिमी (कविता २०७५)

बसन्तकाे बहारसँग नरमाउने काे पाे हाेला र
फुलेकाे फूल त यसै सुन्दर छ नि, काे राेला र
उपवनकाे बीचमा तिमी र तिम्रा अवयवहरु
छरपष्ट सूर्यका किरणहरु जस्तै जताततै ।

भावना प्याराे अति नै हेमन्तकाे घामजस्तै
तिम्राे रुप तिम्राे याैवन अनि नयनकाे मादकता
शारदीय धुन पनि प्याराे लाग्ने बिहानी किरण सरी
आभा धराकाे तिम्रा उन्नत उराेजकाे उपमा सदा ।

कामना गरेकाे मैले दर्शन देऊ काली समान भएर
तिमी त आयाै अप्सरा रुपमा मनकाे दियाे बालेर
झंकृत हुने मेराे हृदय घायल मृग जस्तै बनाेस्
नमराेस् न बाँच्न सकाेस् यशले भावना बगाेस ।

आऊ या नआऊ साथमा मेराे तर समिप बस्ने गर
पालुवासरी तिमी हलक्क नबढ अघि राेकिने गर
पानीकाे कल्कल र तिम्राे पाउजूकाे झंकार उस्तै
भजनकाे माधुर्यता अनि तिम्राे बाेलीकाे उस्तै ।



Thursday, December 20, 2018

लघु कविता - २ (कविता २०७५)

उन्मत फक्रेकाे फूल
मालीकाे अभाव
भमराकाे बिगबिगी
********
नखुलेकाे कालाे आकाश
घनघाेर वर्षाा
उर्लेकाे खहरे
********
पापकाे भरिएकाे घडा
अनियमित निर्वाचन
मात्तिएका भाेका नेता
********
असारे बै‌श
चञ्चन मृगनयन
अवैध गर्भ
********
बलेकाे दियाे
साैम्य पवन
छाेटाे जीवन
********
मरेका चाहना
उनकाे उच्छवास
मेराे पुरानाे लाश
********
ओइलाएकाे फूल
पत्थरकाे मुर्ति
उनकाे मिरा भक्ति
********
च्यातिएका पानाहरु
मेराे जीवन बिम्ब
उनकाे माैन राजनिती

लघु कविता - १ (कविता २०७५)

उनकाे रहर
मेराे सानाे बाध्यता
हाम्राे डिभाेर्स
*******
पानीकाे छाल
मेराे पाेखीएकाे बैैंस
उनकाे कामुकता
*******
रात्रीकाे प्रहर
जुनेलि रात
हाम्राे मादकता
*******
दुर्गन्धित बाग्मती
नपखालिएकाे पाप
लाशकाे अभाव
*******
मन नपरेको प्रेमी
अनिच्छित गर्भ
मायाकाे कायाकल्प
*******
भत्केकाे विश्वास
अमिलाे उच्छवास
भत्किएकाे आध्यात्मिकता
*******
कुहिराेकाे राज
धूले राजधानी
माेटा नेता
*******
कामना मनकाे
तरंगित माधुर्यता
ओठकाे लालि

Wednesday, December 19, 2018

आह्वान तिमीलाई (कविता २०७५)

आगमन तिम्राे मेराे लागि सदा प्रतिक्षित रहेकाे छ प्रिय
आऊ जसरी आऊ जुन रुपमा आऊ तर आउन चाहिँ आऊ
भावनामा बगेर पनि किन उन्मत्त छाै तिमी म बुझ्दिन
हावा लाग्दा फरर उड्ने तिम्रा केशराशी र मेराे माैनता ।

जिज्ञासा मैले किन पाल्ने तिमी सति हाै या साबित्री
मेरा लागि तिमी सिर्फ तिमी हाै अरु काेहि किन हुनु
पानीकाे पवित्रता मापन गर्ने मेराे साहस छैन र हुन्न पनि
चाहे त्याे काेशी हाेस् कि कर्णाली वा मेरा अश्रुधारा हुन् ।

तिमि बाेली रहु म सुनुँ रहने छु प्रिय सदा सदा नराेकी
तिम्रा अधरबाट झरेकाे हर शब्द बीणाका झंकार हुन्
आँखा नतर्काउ मलाई म छिन्न भिन्न भै पाेखिन्छु 
पाेखिएकाे मेराे मन उठाउँदै तिम्राे जुनी बित्ला कि ।

जुनकिरीकाे प्रकाश पनि सह्य छैन बेदानका रातमा
तिम्रा बल्ड्यांग्रे आँखा एकतमास हेरी रहेछन् किन
पराग सकिएकाे फूल र लाशका कुन मन पर्ने हाे कुन्नि
मलाई लाग्छ तिमी त एकान्तबाट भागिसक्याे पहिले नै ।

किशाेर वयमा तिमीसँग भेट भएन अहिले बालापन आयाे 
तिमी सुन्दर मन लिएर आयाै खेल्न एकालाश जीवनमा
आँखा चाेरें मैले तिम्राे र उपहार दिएँ तिमीलाई नै सुटुक्क
लुकाउन सक्ने जति भाव लुकाऊ तिमी म हेरेर हाँस्छु मस्त ।

पवन उर्लिएर तिमीलाई स्पर्श गर्न आयाे तिमी तर्कियाै 
रात भर आऊ सपनीमा दिनमा भाग दूर दराज तिर 
स्वतन्त्रता मलाई पनि प्याराे छ तर तिमीलाई बिर्सेर हाेईन
सुक्ष्म रेशमी तार बनेर आऊ हृदयद्वार खुल्ला छ सदा ।





Monday, December 17, 2018

चिताग्नी र तिम्राे माया (कविता २०७५)

बिरहकाे गाथा नगाउने सहमति भएकाे हाे र ?
दुष्टात्माहरुकाे बस्ति शुन्य पनि त भएकाे छैन
तिमीले भनेर हुन्छ र मुटु भित्र कम्पन छुटेकाे बेला
सामना गर्न सक्ने हिम्मत पनि त हुनु पर्याे साथमा ।

भावना उर्लेर कर्णाली बन्ला भनेर झिंगे दाऊ नखेल
रक्त काेषहरु सुकिसके पछि पाे ज्वार उठ्ला त
केवल मनकाे सन्ताेष तिमीलाई असह्य छ
मन र तन अनि मुटुकाे के अर्थ तिमी दूर हुँदा ।

पञ्चामृत शुद्ध हाे भन्ने लाग्छ भने साेमरस किन
देवता पुज्नु थियाे त मलाई किन राेज्याै हृदयबाट
काेमल हुनु फूलकाे दाेष हैन न कि कठाेरता पत्थरकाे
तिमी छान फूल या पत्थर मेराे हृदय भित्र बसेर ।

धड्कन शुन्य हुन तिमीले सिकायाै अाज मलाई
तिमी त छायाँ हाै रातमा कहाँ भेट्नु मैले भन त
रहर मात्र पालेर कहाँ हुन्छ मन र मुटु छुट्टिएकाे बेला
मस्तिष्कले प्यार हुने भए काेमलता किन बाञ्छनिय छ ?

सागर सगरमा मिल्न सक्ने भए तिमी किन उछिट्टियाै
बादल गर्जनु मात्र बर्षात् हाेईन मृत्यु पनि छ त्यहाँ
धेर भावनाका कुरा नगर प्रिय ठण्डीले मन जमेकाे बेला
मायाकाे परिभाषा जानेकाे छैन मैले तिमीले भन्दा बढी ।

न्यानाे त अब देला चिताग्नीले शायद, स्पर्शकाे पराकाष्ठा
शितलता त शरदमा हैन गृष्ममा महसुस गरेँ मैले
तिम्राे सामिप्यताकाे राप असह्य हुँदै गयाे अाज
चितामा सुतेकाे बेला पनि तिम्राे मायाले भत्भती पाेलेकै छ ।

Sunday, December 16, 2018

तिम्राे याैवनकाे मूल्य (कविता २०७५)

तिम्रा चाहनाहरुले मेरा भावनाहरु तरंगित भएका छन्
भावना साट्न पठाएकाे मैले हाेईन तिमीलाई
तिमी बढी महत्वाकांक्षी छ्याै, त मेराे के दाेष
न काेतर मेराे हृदय तिम्रा ति लामा नङहरुले
सुकेका रक्त नलीबाट के अाशा गरेकी तिमीले

बालुवा बरु अाेसिलाे हाेला, प्रिय मन त्यति सुख्खा छ
तिम्रा मायालु नखराहरु अहिले सह्य छैन
म मुर्दा हुन चाहन्छु तिमी जियाउन न खाेज
मसान रित्तिएर अार्यघाट शुन्य भएकाे बेला
सिद्रा र पराले लाशले शिवलाई धुवाँ पुग्दैन प्रिय

वाग्मती सङ्लिए पनि मन धमिलाे नै छ मेराे
फाेहाेर त तिमीले पारेकी हाै नि त्याे अनि ?
अाफ्ना छरिएका केश राशीकाे मादकता मलाई नदेऊ
मदिराकाे नशा उत्रन सक्छ तिम्राे उच्छवासले
मन्दिरकाे ढाेका खुलेर के भयाे ? मेराे मन त बन्द नै छ

गिद्ध किन रमाए मेराे पीडामा लाश लुछ्न त हाेला नि !
तर जिउँदाे लाशसँग त म पनि डराउँदिन नि
मरेकाे लाश कि मरेकाे प्राणी लाश ? तय गर्ने तिम्राे जिम्मा
नङले मन काेतरेर निस्केकाे रगतकाे मूल्य कति ?
तिम्राे याैवन र मेराे रगतकाे माेल बराबर ।










Saturday, December 15, 2018

तिम्राे उपक्रम (कविता २०७४)

भावनाहरु तरङ्गित भएका हाेइनन
तिमीले शान्त मनकाे तलाउमा ढुंगा हानेर हाे
भनेकाे नमान तिमी अनि म विलाप शुन्य हुन्छु
तरङ्ग त मायाकाे हुनुपर्ने तर घृणा मिसिएकाे पाएँ

लाज मानेकी किन लज्जावती झार झैं 
विष्मय मैले मानेकाे छैन प्रिय म त्यस्तै हुँ
तिमी पाे पृथक याैवनकाे मादकताले गर्दा 
म खाली हात अाएकाे मायाकाे याचना गर्न

देऊ या नदेऊ तिम्राे खुशी हाे माया
रुप छ बैंश छ घमण्ड छ तर म शुन्य हाे 
म सँग त केबल तिम्राे लागि मायालु मुटु छ 
अाँखाकाे भाव म पनि बुझ्छु प्रिय नसन्काउ ति

बालुवा गरम भएकाेले तलाउ सुकेकाे हैन
राप त तिम्राे उन्मादताकाे पराकाष्ठा हाे
परिधी पार गरेका छन तिम्रा नयन बाँणले
मन छेडिन तयार छ तर तिमी विभिषण नबनेसम्म

Friday, December 14, 2018

तिम्राे शुरुवात मेराे अन्त्य (कविता २०७४)

प्रिय आज तिमी अन्मिने दिन
मेरा प्रेमहरुकाे बलिदान हुने दिन
मेरा भावनाहरुकाे हाेम गर्ने दिन

प्रिय आज तिमी अन्मिने दिन
पुराना यादहरु नदीमा बगाउने दिन
तिम्राे छुट्टै संसारमा रमाउने दिन

प्रिय आज तिमी अन्मिने दिन
पागल भई दाेबाटाेमा तिम्राे डाेली हेर्ने दिन
मुहारमा कालाे बादल छाउने दिन

प्रिय आज तिमी अन्मिने दिन
अनुहारकाे खुशी र मनकाे धडकन राेकिने दिन
आफन्तले हुतिहारा नामाकरण गर्ने दिन

प्रिय आज तिमी अन्मिने दिन
तिमीले सदाका लागि छाडिजाने दिन
भावशुन्य भएर लाश बन्ने दिन

प्रिय आज तिमी अन्मिने दिन
डाँडाकाे भट्टीमा मदिरा पिउने दिन
मदहाेश भएर अाफूलाई बिर्सने दिन

प्रिय आज तिमी अन्मिने दिन
लभ काेटेड भ्वाईज म्यासेज डिलिट गर्ने दिन
प्रेम पत्र र उपहारहरु जलाउने दिन

प्रिय आज तिमी अन्मिने दिन
तिमी कसैकाे बाहुपाशमा बाँधिईने दिन
मैले नछाेएकाे तिम्राे काैमार्य गुमाउने दिन

प्रिय आज तिमी अन्मिने दिन
तिम्राे जीवनकाे नयाँ शुरुवातकाे पहिलाे दिन
मेराे आज चितामा मस्त निदाउने दिन

तिमी मेराे भ्रम (कविता २०७४)

भावशून्य भएर बाँच्नुकाे पीडा किन भनुँ
तिमी उसै त भावनामा बग्ने गर्दछ्याै
रित्तीएका मनहरुकाे खाली खानामा किन
माउसुली र माकुरा बस्दैनन्
उन्मत भएका धुलाका कणहरु अाकाश छुन खाेज्छन
मायाकाे याममा परेकाे खडेरी सह्य नै छ
उता तिमी यता म किनारा वारी
पानीकाे बहाव पनि त शुन्य नै लाग्ने
अावज छ त केवल दुईकाे ढुकढुकी ‍।।

बिरह गाउने पालाे काेईलीकाे हाे कि तिम्राे ?
मुटु फुट्ने गरी तिमी नचिच्याऊ बाला
पदचाप पनि त सहन गर्ने अवस्था अाएन
भाव भाव र भाव के काे हाे कुन्नी मन खाली छ
अात्मा मा प्रेत पाे छ भन्छ त एेना ले !
दाेषी काे हाे तिम्राे साैन्दर्य कि मेराे कुरुपता ?
अँध्याराे सेताे र उज्यालाे कालाे हुने भए
जित सदा मेराे नत्र हारकाे विकल्प छैन
तिमी अावज बिहीन नबने म राेएकाे बेला ।।

सडक हिलाम्य भएकाे बेला तिमी फुस्राे कसरी
पानीले पनि लाज मानेछ तिम्राे रुपमाथि
साैन्दर्य बिहीन शहरकाे बासिन्दा म पनि
काकाकुल किन हुने त भेल बगेकाे बेला
ममता हाेईन  प्रिय मादकता प्याराे भएकाे हाे त
तिमी माेहनी हाेइनाै न त रुपसी नै हाै
हाै त केबल मेराे भ्रम र दुस्वप्न दिनकाे
दीन नबनाऊ मेराे बिन्ती छ तिमीलाई
पाेख्न देऊ मेरा मनका भावलाई तिम्राे छातीभरी ।।





Sunday, December 9, 2018

उनि, चिता र म (कविता २०७१)

मन्जुर छ मलाई मसान घाटमा कसैको प्रतिक्षा गर्ने
जतिसुकै यज्ञ गर जतिसुकै मन डढाऊ
तिम्रो छाया सम्म पनि स्वीकार्य छैन मलाइ
नदेउ आशाका किरणहरु मेरो लाशमाथि कहिल्यै

फूल तिमीले दिएको होइन र पलाशको मनैदेखि
अनि किन खोज्छौ बासना भनेर मसंग?
बैंश पोखिंदा त मलाइ वास्ता गरिनौ भने
लाशसंग के को प्रेम तिमीलाई यस्तो "मीरा" जस्तो

जाऊ रमाऊ आफ्नै संसार होला तिमीसंग
चन्द्रको धरातल जस्तो वजन बिहिन तिमी
म त सहारा मरुभूमिको भाइ हुँ, तिमी के ?
तिमी नाइल बन या नबन, म क्याक्टस रे ?

जाऊ गएर सोध ति मेरी आमालाई किन जन्माइन मलाई
स्वार्थ थियो आमाको भन्न लाज छैन ? वाहियात !
मेरो जन्म पछि मात्रै उनि आम बनेकी हून !!
तिमीलाई त सिमल चाहियो अनि यहाँ किन ? बालुवा छेउ ?

भक्ति ठूलो होइन तिमी भन्ने गर्थ्यौ हाँसेर
आज फेरी चितामा मलाई भेट्न आयौ
तिमी स्वार्थी हौ प्रिय जे सुकै भन भित्रैबाट 
चिताको आगोको रापले पुगेन यो ठण्डीमा ?

लाशको भाव तिमी के पढ्न सक्छौ कुटिल आँखाले ?
मलाई तिम्रो हातको समिधा मान्य छैन
लैजाऊ त्यो फूल पनि मलाई चाहिदैन
भो अब नसम्झ मलाई खरानी बगाउनु पर्दैन

  

Saturday, December 8, 2018

शीत लहरी र मेरो पीडा (कविता २०७२)

रमाउन नसक्नुको पीडा कसले बुझ्ने
शीतलहरी उन्मत्त भएर पोखिएको बेला
प्रेयसीका बाक्ला लामा केशहरु हावामा बत्तिंदा
हावाको मौनता सदैब असह्य हुने गर्छ .

रक्त नालीमा अल्कोहल बगेको बेला
नरसंहार किन पृथक लाग्दो होला र कसैलाई
कामना, बासना, भावना एक जुट नहुँदा
तिमी रित्तिएझैं लाग्छ दुनियाँमा सखी

उजाड हृदय बोकेका बाबु आमासंग के होला र
तिमी किन अट्टहास गर्दै छौ भन त
भावना शुन्य पारेर खाली मैदान किन छाडेकी ?
कक्रिएको ठण्डीमा रुदैनन मौन रातहरु ?

काकाकुल हुनुमा मलाई पीडा छैन संगी
जति तिम्रो बिश्मयपूर्ण भावमा छ
देश रोइरहेको बेला म कदापी हास्न सक्दिन
जाऊ तिमी अन्तै प्रयाश गर, म मौन रहन्छु

Friday, December 7, 2018

छुट्टा छुट्टै अस्मिता (कविता, २०७५)

जीवन के हो कसरी ब्याख्या गर्छौ प्रिय
तिम्रो छुट्टै अस्मिता मेरो छुट्टै अस्मिता
भावनामा तिमी बहेको मलाई मन पर्छ
तर तिमी त्यति सुमधुर बन्न सकिनौ

लाग्छ केहि कमजोर नयन उतै छन्
बतासको रुप किन फेरियो त्यो तिमि भन
बासना र कामना उस्तै होइन प्रिय
गहना तिम्रै हुन् जे गर छोप या देखाऊ

सबैको मन त्यस्तो नहोला प्रिय
बग्नु नियति हो हावा र नदीको
तिमी त्यो संगै बहेर कता पुग्ने हो र ?
समय सन्दर्भ फेरिएको बेला मौन बस

छिट्टै किन रिस गर्छौ र घायल भएको बेला
चोट दिएको तिमीले नै हो अनि किन नखरा
पानीमा छाया चलायमान हुँदा तिमी रुनु पर्छ र ?
सधै ढुक्क बस मा भन्न सक्दिन, म आतुर छैन .

Tuesday, December 4, 2018

पखालिएको कामुकता (कविता २०७५)

उडेका ति तिम्रा लामा केशहरु
हावा सहन नसकी बरालिएका छन्
मन मेराे बरालियाे उन्मादमा 
मादकता अाहा, समानता कहाँ मिल्ला र?

निष्ठुर बनेको पवन तिमि सम्म पुग्न आतुर छ 
सप्को तिम्रो उडायो बैगुनी ले 
शित सधै आउने शितलता लिएर किन ?
मन त मरुभूमिको बालुवा को मित हो नि 

नभन मलाई मैले गर्न सकिन भनेर 
त्यो मेरो भवन भन्दा बाहिर छ प्रिय
बदमासी किन गरेकी उसको छाया समातेर
मेरो जीवन नै छायामा समाहित छ 

भावावेशमा बगेकी हैन नदी उनको सौन्दर्य हो 
पानीको के जात र  के आकार प्रिय
तिमि डुब, शरीर तिम्रो जहाँ पनि बगिदिन्छ
लाज नमान तिमि प्रिय, पानी कामुक छैन 




रेशमी तरेली (कविता २०७५)

बहन्छ मन्द उन्मादी हावा छोएर आँचल
सुस्तरी भन्छ कानमा मेरो रहेर निश्चल
सामना मिठो कामना आहा कस्तो यो उमङ्ग
स्पर्श त्यो मिठो रसिलो भाव भएँ म त दङ्ग

पवन तिमी बहेर आऊ भगाऊ मलाई
रेशमी केश तरेली बनि चलाऊ मलाई
सम्हाल बाहु रमाई यहाँ प्रेमिल भावमा
तपस्या ठुलो रहला सदा स्वप्निल कामना

सुगन्ध आहा मन नै हर्ने उजेली रातमा
चाहन्छु भुल्न मनको इच्छा समाती हातमा
जुनेली रात कोमल तन रेशमी उपमा
भावना बनू सदैब तिम्रो नयन सुरमा

झुलेका बाली रेशमी फाँट लहर त्यो नौलो
बगोस सदा उन्मादी हावा चाहना सुनौलो
प्रेमिल जोडी चखेवा माथ हृदय रेशमी
सुस्तरी छोयो कायामा आज पवन तरेली 

Monday, December 3, 2018

रहरको बलिदान (कविता २०७५)

आउने हैन तिमि नजिक प्रिय यतिबेला
यो समय मेरो समर्थ्यताको होइन
हो त केवल यो समय तिम्रो उच्छवासको
मात्र नमिलेको कुरो होइन मिलेको पनि अन्नुतिर्ण

समय सायदै बलबान नहोला तिम्रो सामु
रुप किन बदल्नु पर्यो र बादल जस्तो बेला बेला
सफेद होस् वा कालो दिने पानी नै हो
हावामा केशराशी न उडाउ तिमी संसार स्वार्थी छ

वासना छर्ने काम तिम्रो फुलको काम बास्ना
उन्मादता र मादकता दुबैमा उस्तै कहाँ हुने
पानीको निर्मलता तिम्रो निखार उस्तै हो र ?
जाऊ अलिक टाढा मादकता धेर भयो प्रिय !!

दृष्टिभ्रम हुन सक्छ त्यो मृगनयन मा
आँशुको भेल कर्णाली हुन सक्छ कि कोशी
बस्ति बगाउने सुर हो भने रोऊ तिमी
नत्र बलिदान सहू मेरो निस्वार्थ र निर्विवेक !!

Sunday, December 2, 2018

मूल्यहीन मादकता (कविता २०७५)

संदिग्ध चाहनाहरु किन मनमा उडलिएका छन्
भावना शून्य भएकाे बेला
मानसिकता र माैसम उस्तै छ आज
तिमी भने मायाको कुरा गर्छ्याै
मायालाई मसान प्यारो भएकाे बर्षाैं भईसक्यो ।

बिछोड त प्रिय थिएन सर्वथा
उन्मत्त तिमी फेरी अायाै बियोग गराउन
आशाका दीप धुमिल हुँदै गए
बर्षात्‌काे पानी बगेर प्रेम पखाल्न उद्यत छ
तिमीलाई केही आहट् महसुस नहाेला ।

मन्दिर भित्रका ढुंगे भगवानकाे मुस्कान आहा
चुँडिएका फूलहरुकाे चित्कार काे सुन्ला
तिमी फेरी आयाै पूजाकाे थाली बाेकेर
नगर न  प्रिय यस्तो हठ कठाेर दिल पूजेर
अतृप्त आफ्ना अाँखा जाेगाऊ म मरिसकें ।

सन्ध्या लाली अनि उषा कृष्ण भएकाे बेला
मनसुन अप्रिय भैदियो तिम्रा उच्छ्वासले
आहट नसुनेकाे हैन मृत यी मेरा कानले
तर भावशून्य हुनुकाे मजा अरु के मा होला
प्रिय समय तर्किसक्याे माेल छैन तिम्रो मादकताकाे ।

Wednesday, November 28, 2018

उन्नती र रहर (कविता २०७५)

बाध्यता ठूलाे जिउन पर्ने छाडेर रहर
ग्रामीण बस्ती अन्याैल सदा टाढा छ शहर ।
राेग र भोाक बाध्यता यहाँ अन्नले देखेन
विकास कहाँ उन्नती कहाँ सर्कार देखेन ॥

जीवन काँडा अत्ती नै भयो रहेन रहर
भावना कस्तो प्रकृति पनि अति नै निष्ठुर ।
कामना थियो मनमा  सबै उन्नत जिउने
गिठ्ठा र भ्याकुर कुवाको पानी रमेर पिउने ॥

बालक साना भाेका र नांगा रुन्छन् अति नै
फोहोरी बस्ती उजाड मन बलेन बत्ती नै ॥
बाटो र पानी रहर ठूलाे बस्तीमा पुगेन
चुनाव अायो नेताकाे बाेली कहिले जुरेन ॥

नेपाली सबै कामना गर्ने उन्नती भनेर
दिदैंन कदा सर्कार यहाँ दिल त्यो खोलेर ।
रहाैंला हामी यसरी कति उन्नती नदेखी
पाईन्न केही छैंठीमा यहाँ भाग्यले नलेखी ॥


प्रकृति र अाग्रह (कविता २०७५)

रहर ठूलो मनमा राखी गरेथें कामना
भावना बुझी सजाई राखेँ मनकाे कुनामा ॥
सक्दिन देख्न दुःख र अाँशु टप्केकाे गालामा
मुटु र मन दुख्दछ अति अड्किन्छ गलामा ।

दर्शन पाउँ  दैनिक प्रिय  उषाको लालीमा
फुलेका फूल उन्मत्त भई झुकेकाे डालीमा ।
चिहाई हेर मनकाे कुना पाउँछाै मलाइ
जगत हाँस्छ प्रेममा सदा हुनेछ भलाई ॥

कमल फूल्यो तलाउ माझ उन्मत्त बै‌ंश लि
उपमा तिमी सर्वथा लाग्छ काेमल अंग ति ।
हरिया पात पानीमा तैरी गर्दछ  बिनती
लिऊ न  तिमी सापटी बैंश थापेर अंजुली ॥

पवन झोक्का मधुर वास रजनी तिम्रो हो
सुन्दर छटा नहाँसी हेर्ला उनको रुप त्यो ।
ममता भरी मुटुमा आज आउन स‌ंगाल्न
छाडेर सबै रिस र राग चाहन्छु अंगाल्न ।।


Tuesday, November 27, 2018

सपनी र प्रेयसी (कविता २०७५)

प्रेमको भाव हृदय माझ उत्पन्न भै गयाे 
संसार कस्तो अचम्म लाग्दो मनमा के भयो ।
भेटेकाे छैन देखेकाे छैन प्रेयसी कदापी
मनको भाव कसरी आयो मुहार नदेखी ।।

झुल्केकाे घाम मधुरो लाली पाेतियो धरामा
परेकाे छैन कसरी भनुँ प्रेमको करमा ।
लाग्दछ रम्य जुनेली रात रंगिन दुनियाँ 
सुवास मीठाे सामिप्य आश आभाष मनमा ।।

देखियो रुप झलक्क अाज बिहानी घाममा 
अप्सरा माथ गर्थिन उनी उन्मत्त पारामा ।
माेहनी रुप उज्ज्वल तेज निर्मल याैवन 
सकूँला राख्न हृदय माझ स्याहारी जोबन ।।

प्रार्थना गरें अर्पिएँ फूल बाहुमा समाती 
मुसुक्क हाँसी मधुर बाणी क्यै छैन आपत्ती ।
रमेर गएँ समिप अलि मसक्क मस्किएँ 
सपनी रैछ नयन खुले झसंग झस्किएँ ।।



Monday, November 26, 2018

उनी र मीठाे अतित (कविता २०७५)

लाग्दछ सदा अतित मीठो सर्वदा मनमा
रहेथ्याे छवि धुमिल भइ हृदय कुनामा ।
सुवास मन्द उनको अति सपना सुन्दर
रहेको माया सदैव यहाँ अन्तर कुन्तर ।।

नाचने सदा रमण भइ मन्द त्याे पवन
काेपिला राम्रा हरिया राता उन्मत्त जीवन ।
पुतली खेल्ने शितका थोपा रहर अनाैठो
लालिमा रक्त नभमा भानु किरण सुनाैलो ।।

झुल्किन उनी मुस्कान साथ झिम्केका परेली
बदामे अाँखा डिम्पल अाहा केशका तरेली ।
सुराही गला सुडाैल नारी उन्नत उराेज
उर्वशी रुप स्फटिक गाेडा लाग्दथे सहज ।।

बारुले कटी तेजीलाे अोज सर्वथा सुन्दरी
मनमा बसी राज है गर्थिन बरन उपरी ।
फूलले छेकी मुस्कान उनी छर्थिन धरामा
रहूँला कसाे नसम्झी रुप मनकाे चरमा ।।

Friday, November 23, 2018

तुलना किन गरुँ (कविता २०७५)

मरेकाे छैन म  कसैकाे यादमा 
किन रुनु र यत्तिकै कसैले देख्ने गरी 
वादा गर अनि ताेड अनि फेरी गर वादा
राेकेकाे कसले छ र तिमीलाइ टाढा हुन
सामिप्यता मन नपरेकाे चाहीँ हाेइन
तर झुटाे हाे भने किन .....
प्रकृतिकाे मीठाे सुवास र तिमी
दुवै मन नपरेकाे हाेइन तर
वास्तविकता नबुझेकाे पनि त हाेइन
तिमी जहाँ जाउ मलाइ केहि फरक पर्दैन
म जहाँ पनि ठीक छु 
बाधा गरेकाे हैन मैले याे 
वास्तविकता उजागर नै छ
भिन्न  भिन्न जसकाे मति भएपनि
ससार स्वर्ग त्यसबेला हुनेछ
जतिबेला उन्माद र बै‌श कायम छ 
उपल्लो बैश र सुन्दरी एकै परिधीका काया
नरहने भयाे माया अनि अभिवाजित छाया 
तुलना किन गरुँ म कसैकाे उनीसँग
बिना समय त्याे पनि त क्षणभ‌ङ्गुर हाे नि ।।



Friday, November 16, 2018

रहर र तिमि (कविता २०७५)

रहर मनको चाहनासंग दुश्मनी गर्छ
भावना उत्तेजित कदापी हुदैन
तिमि पो हौ त्यो मलाई भावशुन्य बनाउने
चित्कार मायाको किन सुनिन्न यहाँ
हावा पनि दुश्मन छ मेरो प्रिय
तिमि त केवल मध्यम हौ रे त
उत्तम त खै को पो हो र
जवानी किन यस्सै फाल्छौ भाव शुन्य भएर
समुन्द्र टाढा भएर त सरल छ
नदीको बहाव अपाच्य किन उसलाई
गुलाफ र काँडा जस्तै तिमि र म
केवल शित बिन्दु हो मिलाप गराउने, तप्प तप्प
रहर नभएको हैन मायाको
पुर्बिय हावा प्रबल भएको छ
तिम्रा केश राशी किन उडेनन
अनि त रहर शुन्य भयो - मौनता ।।

Sunday, July 8, 2018

स्वार्थी सारथी (कविता, २०७५)

मागेर नपाइने अधिकार
खोस्न जान्नु पर्दछ भन्थेउ
रुनु, कराउनु, माग्नु कायरता हो
भावनाले छेक्ने गर्नु पर्दछ
हिमाली हावा र मृदु मुस्कान
छरेको राम्रो, टिप्न जान्नु पर्दछ
मात्तिएको बैंश र कालरात्रि
निर्घात बलिदान गर्न जान्नु पर्दछ
सुवाष छर्न किन कन्जुसी
राम रावण अनि सीता मन्दोदरी
धरती फाटेर के गर्नु, ? हरण प्रिय छ
बन्धन तिमी फुकाउ भन्छौ
विभिषण राजी छैनन्
कैकेयीको माया, जटायुको मरण
लक्ष्मण रेखामा सिमित भएँ भन्थ्यौ
शबरी र जुठो बयर
हनुमान त परचक्री भैसके
नल र नील हात बाँधेर बसेका छन्
डुंगा उत्रियो भनेको त डुबिसकेछ
कुम्भकर्ण उठ्ने मानेन, अहिरावण हरायो
भावना निर्ममता तिर गयो
तिमी पराइ भयौ .. मेरी सारथी !!




पलायन (कविता, २०७५)

गलामा माला र निधारमा टीका लगाएर निस्कें
कर्तव्यले रोक्यो नजान सकिन, मायाले रोक्यो जान सकिन
आमाले भनिन के जानु कुवेत, कर्णाली काफी छ...
भार्याले भनिन किन जानु गल्फ, गण्डकी छैन र ...
बहिनीले भनि के जान्छु क्यानाडा, काठमाडौँ के हों त ....
अमिलो मन लिएर बलजफ्ती निस्किएँ
ठेस लाग्यो नराम्रो, आमालाई सम्झिएँ
भाई करायो के जान्छौ कोरिया, खोरिया फाँडे हुन्न ?
आमा र बहिनी, भाई र भार्या
रोक्दो छ परिवार, म उद्यत छु भाग्न
जाउँ कसरी नजाउँ झन् कसरी ?
साहुको ऋण, बहिनीको बिहे
आमाको दवाई, भाइको पढाई
दलाल डस्दो छ, साहु ठग्दो छ
विभाजित मन, च्यात्तिएको इज्जत
न नेताको बोली, न भोटको मोल
लाशका बाकस भित्रिंदा
युवाजती भाग्दो छ
विवेकशुन्य भएर निस्किएँ
अटेर गरेर निस्किएँ
धेरै भयो मातृभूमि त्यागेर निस्किएको
दासताको भुमरीमा परेर
घर फर्कने बाटो बिर्सिएँ ।।

मेरो बिडम्बना (कविता, २०७४)

मा के का लागि प्रयासरत थिएँ  ? थाहा छैन
भगिरथ पो पछि परेछन ।
न सोचेरै साधनामा लिप्त थिएँ शायद
एकलव्य हराएछन ।
आदर्श र मर्यादा खोजेको खोज्यै भएँ
पुरुषोत्तम राम अलमलिएछन्  ।
आशा र अभिलाषाको गोटी चाल्दा चाल्दै
शकुनी पो पराजित भएछन ।
जीवनको लक्ष्य भेदनको लागि उत्रिएँ
अर्जुन ओझेल परेछन ।
दुर्गममा कपास फ़ुलाउदै थिएँ म त
यता पान्चाली नांगीसकिछन् ।
निर्जन वनको डडेलो निभाउन दमकल खोज्दै गर्दा
वैदेही पो अग्नि प्रवेश गरिसकिछन ।
चेलीका पीडाको मलहम खोज्दै जाँदा
आश्विनी कुमार श्रापित भएछन ।
शान्ति र सद्भाव खोज्न लुम्बिनी पुग्दै थिएँ
बुद्ध खबरै नगरी बिलिन भैसकेछन ।
शाकुन्तल र मुनामदनको रहर नपुग्दै
यता देवकोटा विस्मृत भैसकेछन ।
छाऊ गोठ भत्काउन उमङ्ग लिएर जाँदै थिएँ
बिडम्बना !!
गीता, दुर्गा, लक्ष्मी, सीता बलात्कृत भैसकेछन ।।

प्रेयसी र आशा (कविता, २०७४)

बर्षौ भयो तिमीलाई खोजेको
चाहना बलियो नभएर होला, हात नलागेको
धेरै प्रमुख फेरिए, धेरै बाचा बन्धन बाँधिए
करोडौ कस्तुरी बाहिरिए, गैंडा खाग बिहिन भए
भोट त खेर गएकै हो, नोट पनि बचेन
मेलाम्ची नाबनेरै होला राजधानी काकाकुल छ
अरुण र कर्णाली नबनेको अँधेरोमा
तिमी अल्मलियौ शायद, प्रिये !
पेट्रोलको पाइपमा बग्छौ कि, ग्यासको बुलेटमा ?
जहाजमा झण्डा बोक्छौ कि, मोनो रेलमा ?
फास्ट ट्रयाक मा कुद्द्छौ कि, निजगढ़ाको एअरपोर्टमा ?
जसरि आऊ, जहाबाट आऊ, आउन चाहिँ आऊ
न सिंहदरबारमा कुर्न सक्छु न त शितल निवासमा
काष्ठमण्डप त छैन नै प्रिये, न त रानीपोखरी
तानेर लुछे प्रिये, तिम्रो रुप र रंग यहाँ
कुरुप तिमीलाई कुरिरहेछु, मन थामेर
सक्दिन एक्लै छाड्न, माया गरेको छु
बाध्य छु रेमिट्यान्समा जिउन प्रिये
कोशिस छ सिंगार्ने, वाग्मती संग्लो पार्ने
तिमी, तिमी र तिमी नै हों प्रिये, कसलाई सुनाउने ?
रमाउ पुस्तान्तरण होला, आउलान पृथ्वी र भीमसेन
नभए पशुपति र आर्यघाट जिन्दावाद !!

सन्दर्भ संकेत (कविता, २०७३)

घात प्रतिघात, रक्षा प्रतिरक्षा
प्रारम्भ अन्त्य, विधि विधान
भाग भोग, जस अपजस
नदेऊ मलाई विशेषण, छोपेर आँखाहरु
सक्दिन मा उत्रन सदैब पक्षम
विष्फारित नेत्रको कटाक्ष, हो !
सहानुभूति र प्रतिशोधको राप
एकलव्यको गुरु दक्षिणा ?
शुष्क रक्त नलीका र उर्लेको खहरे
रोज तिमी, स्वगंतव्य, स्वतन्त्र
पराधीन हृदयको प्रतिलिपि मागेर
व्यबिचार र मृदुभाषिता सदैव मारेर
तुलना गर, जोख, परख गर, जांच
हृदयको कसीमा, लुला हातहरुले
समाज-सामाजिकता, सन्दर्भ-सान्दर्भिकता
चाहेको बुद्ध, चाहेको गार्गी र प्रिथा
स्वतन्त्र रक्त बिन्दु भित्रको परजीवी
कुण्ठाग्रस्त भौगोलिकता र तिमी
सम्पन्नाताको खडेरी थाती राखेर
चुन मानव वस्ती, स्वहृदयले सदा
न आऊ छायामा, आभा निभिसक्यो
धड्कने हृदय पत्थर बनिसक्यो ।।

Saturday, July 7, 2018

खडेरी र तिमि (कविता, २०७२)

यज्ञवेदीमा होमिन तत्पर सदा
जीवनको समिधा अपुग्दो छ
अभाव छ तिम्रो छायाको
आशा पनि छ थोरै, मायाको
नामको रहर सदा दुषित छ
प्रकृति हाँस्दा रुने, को हो र ?
जवानी खेर गएकी अप्सरा ?
मैन बिश्वामित्रहरु, मेनका देख्दैनन
चाउरी परेको अनुहार, मुस्काउन सकेनन
तर, मुटु र चाउरिन्न रे !
ढुङ्गोलाइ भगवान भनि पूजा गरे सदैब
आशिर्वाद, "मै जस्तै भएस" थुक्क !!
बित्यास परयो तिमि मन्दिर आइनौ
पत्थर कुर्दो छ भगवानको आशामा
एक झल्को पाए तिम्रो, रक्त बग्थ्यो होला
सुकेका, चाउरिएका, खुम्चेका धमानिहरुमा
तर, खै आशा त छैन
पत्थरको मुटुमा दया कहाँ ?
धर्ति फ़ाटेपनि वैदेहीको अभाव छ
न बर्षे पनि हुन्छा, मेघराज ..... अंकुरण छैन
वितृष्णा पर्याप्त हुँदा, बीजको बिनाश
खडेरी ठिक छ पत्थर संग्रह गर्न
यज्ञ वेदी बन्यो त समिधा छैन ।।

मौन उपस्थिति (कविता, २०७३)

तिम्रो रुप झरनाको पानी
व्यहोरा अमिलो अंगुर
छेका परेको अलि अलि उज्यालो
हावाले उडाएको केशराशी
चन्द्र माथ गर्ने रुप तिम्रो (?)
बादल लाग्दा कस्तो देखिएला
म त सम्झने चाहन्न कहिल्यै
उमंगले भरिएको पोशाक आँखा
नलोलाई झर्न कहाँ सक्छन ?
बगाउलान आँशुको धाराले
फर्कन मन छैन यो धुमिल शहरमा
झ्यालको पर्दा अलिकति हटाऊ
घुर्मैलो प्रकाश तँ छाड म छाड गर्दै
छिर्न खोज्यो तिम्रो पछेउरि भित्र
मेरो हंसले ठाउँ छाड्यो
नारी गलेर आयो, रगर उम्ल्यो
वाफिलो हुनै लाग्दा, अकस्मात हिंउ झरयो
के गर्न लागेकी ? शीतलहरी दिएर
फागुनको हलुका सिरेटो उडाउने
घुम्टो उघार्न उद्द्यत छ, त्यो तिम्रो
मलाई अति नरमाइलो लग्यो प्रिये !!
सम्झना त देउ तिम्रो उपस्थिति !!

अनुनय (कविता, २०७४)

घाउ लिएर मुटुमा तिम्रो पीडाको
बैद्यको मल्हम लेपनको प्रतिक्षामा
दैलो ठोकेको त हो, आवाज आएन
शुन्य अवयवका हलचल
रक्त बिहीन नालीहरु
याद ताजा राख्न सकिन
दुत्कार्नै पर्दैनथ्यो अरूसामु
एकान्तवास पनि सहज थ्यो
भन्न सकिन भनेर, गला रेटी
सोध्नै पर्दैनथ्यो ।
त्रिशुल घोपेर मुटुमा
सुकेको रगत, बग्दैनथ्यो ।
अश्रुहीन नेत्र बिष्फारित हुँदा
बालुवा छेप्नु पर्दैनथ्यो ।
चुडिएको फूल जोड्न कहाँ सक्थे र ?
तैपनि गोडाले नामिचेको भएहुन्थ्यो
बालुवामा पदचिन्ह देखिन्नथ्यो
हावा नबोलाएको भएपनि हुन्थ्यो
ताकेर गोलि हनिसकेपछी
सहानुभूति नदिएको भए हुन्थ्यो ।।

निषेधाज्ञा (कविता, २०७४)

भुलेको होइन तिमीलाई याद ताजा नै छ
नदेखेको पनि कहाँ हो र ?
सुनेको त पटक्कै छैन, पदचापहरू
धड्कन मात्र बढेको छ ।
सुवासिलो पवनको झोक्का
मन मादक बनाउन पर्याप्त छ ।
जुनकिरी पिल्पीलाउँदा, पूर्णिमाको आभाष छ
औंसी त केहि होइन, दिन नै अँधेरो छ ।
नभनी बस्न सक्दिन
घाउका पाप्रा नकोट्याए वेश
सपना किन देंखु ? विपना भारी छ ।
आऊ जाऊ नगर तिमि, समय छैन
भदौरे भेल होला र त, जीवन श्मसान भयो ।
बगर शुन्य किन नहोस्, शहर खाली हुँदा
नभनु भन्न मन लाग्छ, भंनु भन्ने दिक्क लाग्छ
जाऊ तिमि स्वतन्त्र छौ ..........
निषेधाज्ञा पहिले नै हटिसक्यो ।।

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...