Friday, December 7, 2018

छुट्टा छुट्टै अस्मिता (कविता, २०७५)

जीवन के हो कसरी ब्याख्या गर्छौ प्रिय
तिम्रो छुट्टै अस्मिता मेरो छुट्टै अस्मिता
भावनामा तिमी बहेको मलाई मन पर्छ
तर तिमी त्यति सुमधुर बन्न सकिनौ

लाग्छ केहि कमजोर नयन उतै छन्
बतासको रुप किन फेरियो त्यो तिमि भन
बासना र कामना उस्तै होइन प्रिय
गहना तिम्रै हुन् जे गर छोप या देखाऊ

सबैको मन त्यस्तो नहोला प्रिय
बग्नु नियति हो हावा र नदीको
तिमी त्यो संगै बहेर कता पुग्ने हो र ?
समय सन्दर्भ फेरिएको बेला मौन बस

छिट्टै किन रिस गर्छौ र घायल भएको बेला
चोट दिएको तिमीले नै हो अनि किन नखरा
पानीमा छाया चलायमान हुँदा तिमी रुनु पर्छ र ?
सधै ढुक्क बस मा भन्न सक्दिन, म आतुर छैन .

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...