भावनाहरु तरङ्गित भएका हाेइनन
तिमीले शान्त मनकाे तलाउमा ढुंगा हानेर हाे
भनेकाे नमान तिमी अनि म विलाप शुन्य हुन्छु
तरङ्ग त मायाकाे हुनुपर्ने तर घृणा मिसिएकाे पाएँ
लाज मानेकी किन लज्जावती झार झैं
विष्मय मैले मानेकाे छैन प्रिय म त्यस्तै हुँ
तिमी पाे पृथक याैवनकाे मादकताले गर्दा
म खाली हात अाएकाे मायाकाे याचना गर्न
देऊ या नदेऊ तिम्राे खुशी हाे माया
रुप छ बैंश छ घमण्ड छ तर म शुन्य हाे
म सँग त केबल तिम्राे लागि मायालु मुटु छ
अाँखाकाे भाव म पनि बुझ्छु प्रिय नसन्काउ ति
बालुवा गरम भएकाेले तलाउ सुकेकाे हैन
राप त तिम्राे उन्मादताकाे पराकाष्ठा हाे
परिधी पार गरेका छन तिम्रा नयन बाँणले
मन छेडिन तयार छ तर तिमी विभिषण नबनेसम्म
No comments:
Post a Comment