Tuesday, December 4, 2018

पखालिएको कामुकता (कविता २०७५)

उडेका ति तिम्रा लामा केशहरु
हावा सहन नसकी बरालिएका छन्
मन मेराे बरालियाे उन्मादमा 
मादकता अाहा, समानता कहाँ मिल्ला र?

निष्ठुर बनेको पवन तिमि सम्म पुग्न आतुर छ 
सप्को तिम्रो उडायो बैगुनी ले 
शित सधै आउने शितलता लिएर किन ?
मन त मरुभूमिको बालुवा को मित हो नि 

नभन मलाई मैले गर्न सकिन भनेर 
त्यो मेरो भवन भन्दा बाहिर छ प्रिय
बदमासी किन गरेकी उसको छाया समातेर
मेरो जीवन नै छायामा समाहित छ 

भावावेशमा बगेकी हैन नदी उनको सौन्दर्य हो 
पानीको के जात र  के आकार प्रिय
तिमि डुब, शरीर तिम्रो जहाँ पनि बगिदिन्छ
लाज नमान तिमि प्रिय, पानी कामुक छैन 




No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...