Monday, December 3, 2018

रहरको बलिदान (कविता २०७५)

आउने हैन तिमि नजिक प्रिय यतिबेला
यो समय मेरो समर्थ्यताको होइन
हो त केवल यो समय तिम्रो उच्छवासको
मात्र नमिलेको कुरो होइन मिलेको पनि अन्नुतिर्ण

समय सायदै बलबान नहोला तिम्रो सामु
रुप किन बदल्नु पर्यो र बादल जस्तो बेला बेला
सफेद होस् वा कालो दिने पानी नै हो
हावामा केशराशी न उडाउ तिमी संसार स्वार्थी छ

वासना छर्ने काम तिम्रो फुलको काम बास्ना
उन्मादता र मादकता दुबैमा उस्तै कहाँ हुने
पानीको निर्मलता तिम्रो निखार उस्तै हो र ?
जाऊ अलिक टाढा मादकता धेर भयो प्रिय !!

दृष्टिभ्रम हुन सक्छ त्यो मृगनयन मा
आँशुको भेल कर्णाली हुन सक्छ कि कोशी
बस्ति बगाउने सुर हो भने रोऊ तिमी
नत्र बलिदान सहू मेरो निस्वार्थ र निर्विवेक !!

2 comments:

  1. यहाँहरुकाे कमेन्टकाे सधैं स्वागत गर्दछु । धन्यावाद ।

    ReplyDelete

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...