Sunday, December 9, 2018

उनि, चिता र म (कविता २०७१)

मन्जुर छ मलाई मसान घाटमा कसैको प्रतिक्षा गर्ने
जतिसुकै यज्ञ गर जतिसुकै मन डढाऊ
तिम्रो छाया सम्म पनि स्वीकार्य छैन मलाइ
नदेउ आशाका किरणहरु मेरो लाशमाथि कहिल्यै

फूल तिमीले दिएको होइन र पलाशको मनैदेखि
अनि किन खोज्छौ बासना भनेर मसंग?
बैंश पोखिंदा त मलाइ वास्ता गरिनौ भने
लाशसंग के को प्रेम तिमीलाई यस्तो "मीरा" जस्तो

जाऊ रमाऊ आफ्नै संसार होला तिमीसंग
चन्द्रको धरातल जस्तो वजन बिहिन तिमी
म त सहारा मरुभूमिको भाइ हुँ, तिमी के ?
तिमी नाइल बन या नबन, म क्याक्टस रे ?

जाऊ गएर सोध ति मेरी आमालाई किन जन्माइन मलाई
स्वार्थ थियो आमाको भन्न लाज छैन ? वाहियात !
मेरो जन्म पछि मात्रै उनि आम बनेकी हून !!
तिमीलाई त सिमल चाहियो अनि यहाँ किन ? बालुवा छेउ ?

भक्ति ठूलो होइन तिमी भन्ने गर्थ्यौ हाँसेर
आज फेरी चितामा मलाई भेट्न आयौ
तिमी स्वार्थी हौ प्रिय जे सुकै भन भित्रैबाट 
चिताको आगोको रापले पुगेन यो ठण्डीमा ?

लाशको भाव तिमी के पढ्न सक्छौ कुटिल आँखाले ?
मलाई तिम्रो हातको समिधा मान्य छैन
लैजाऊ त्यो फूल पनि मलाई चाहिदैन
भो अब नसम्झ मलाई खरानी बगाउनु पर्दैन

  

3 comments:

  1. शब्दहरू सुन्दर
    शब्द गहिराईसम्म छ👌👌👌

    ReplyDelete
    Replies
    1. कमेन्टकाे लागि अाभारी छु मित्र !!

      Delete
  2. यहाँहरुकाे कमेन्टकाे सधैं स्वागत गर्दछु । धन्यावाद ।

    ReplyDelete

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...