Wednesday, December 19, 2018

आह्वान तिमीलाई (कविता २०७५)

आगमन तिम्राे मेराे लागि सदा प्रतिक्षित रहेकाे छ प्रिय
आऊ जसरी आऊ जुन रुपमा आऊ तर आउन चाहिँ आऊ
भावनामा बगेर पनि किन उन्मत्त छाै तिमी म बुझ्दिन
हावा लाग्दा फरर उड्ने तिम्रा केशराशी र मेराे माैनता ।

जिज्ञासा मैले किन पाल्ने तिमी सति हाै या साबित्री
मेरा लागि तिमी सिर्फ तिमी हाै अरु काेहि किन हुनु
पानीकाे पवित्रता मापन गर्ने मेराे साहस छैन र हुन्न पनि
चाहे त्याे काेशी हाेस् कि कर्णाली वा मेरा अश्रुधारा हुन् ।

तिमि बाेली रहु म सुनुँ रहने छु प्रिय सदा सदा नराेकी
तिम्रा अधरबाट झरेकाे हर शब्द बीणाका झंकार हुन्
आँखा नतर्काउ मलाई म छिन्न भिन्न भै पाेखिन्छु 
पाेखिएकाे मेराे मन उठाउँदै तिम्राे जुनी बित्ला कि ।

जुनकिरीकाे प्रकाश पनि सह्य छैन बेदानका रातमा
तिम्रा बल्ड्यांग्रे आँखा एकतमास हेरी रहेछन् किन
पराग सकिएकाे फूल र लाशका कुन मन पर्ने हाे कुन्नि
मलाई लाग्छ तिमी त एकान्तबाट भागिसक्याे पहिले नै ।

किशाेर वयमा तिमीसँग भेट भएन अहिले बालापन आयाे 
तिमी सुन्दर मन लिएर आयाै खेल्न एकालाश जीवनमा
आँखा चाेरें मैले तिम्राे र उपहार दिएँ तिमीलाई नै सुटुक्क
लुकाउन सक्ने जति भाव लुकाऊ तिमी म हेरेर हाँस्छु मस्त ।

पवन उर्लिएर तिमीलाई स्पर्श गर्न आयाे तिमी तर्कियाै 
रात भर आऊ सपनीमा दिनमा भाग दूर दराज तिर 
स्वतन्त्रता मलाई पनि प्याराे छ तर तिमीलाई बिर्सेर हाेईन
सुक्ष्म रेशमी तार बनेर आऊ हृदयद्वार खुल्ला छ सदा ।





No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...