Friday, December 21, 2018

कामना र तिमी (कविता २०७५)

बसन्तकाे बहारसँग नरमाउने काे पाे हाेला र
फुलेकाे फूल त यसै सुन्दर छ नि, काे राेला र
उपवनकाे बीचमा तिमी र तिम्रा अवयवहरु
छरपष्ट सूर्यका किरणहरु जस्तै जताततै ।

भावना प्याराे अति नै हेमन्तकाे घामजस्तै
तिम्राे रुप तिम्राे याैवन अनि नयनकाे मादकता
शारदीय धुन पनि प्याराे लाग्ने बिहानी किरण सरी
आभा धराकाे तिम्रा उन्नत उराेजकाे उपमा सदा ।

कामना गरेकाे मैले दर्शन देऊ काली समान भएर
तिमी त आयाै अप्सरा रुपमा मनकाे दियाे बालेर
झंकृत हुने मेराे हृदय घायल मृग जस्तै बनाेस्
नमराेस् न बाँच्न सकाेस् यशले भावना बगाेस ।

आऊ या नआऊ साथमा मेराे तर समिप बस्ने गर
पालुवासरी तिमी हलक्क नबढ अघि राेकिने गर
पानीकाे कल्कल र तिम्राे पाउजूकाे झंकार उस्तै
भजनकाे माधुर्यता अनि तिम्राे बाेलीकाे उस्तै ।



No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...