Saturday, December 8, 2018

शीत लहरी र मेरो पीडा (कविता २०७२)

रमाउन नसक्नुको पीडा कसले बुझ्ने
शीतलहरी उन्मत्त भएर पोखिएको बेला
प्रेयसीका बाक्ला लामा केशहरु हावामा बत्तिंदा
हावाको मौनता सदैब असह्य हुने गर्छ .

रक्त नालीमा अल्कोहल बगेको बेला
नरसंहार किन पृथक लाग्दो होला र कसैलाई
कामना, बासना, भावना एक जुट नहुँदा
तिमी रित्तिएझैं लाग्छ दुनियाँमा सखी

उजाड हृदय बोकेका बाबु आमासंग के होला र
तिमी किन अट्टहास गर्दै छौ भन त
भावना शुन्य पारेर खाली मैदान किन छाडेकी ?
कक्रिएको ठण्डीमा रुदैनन मौन रातहरु ?

काकाकुल हुनुमा मलाई पीडा छैन संगी
जति तिम्रो बिश्मयपूर्ण भावमा छ
देश रोइरहेको बेला म कदापी हास्न सक्दिन
जाऊ तिमी अन्तै प्रयाश गर, म मौन रहन्छु

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...