Tuesday, December 4, 2018

रेशमी तरेली (कविता २०७५)

बहन्छ मन्द उन्मादी हावा छोएर आँचल
सुस्तरी भन्छ कानमा मेरो रहेर निश्चल
सामना मिठो कामना आहा कस्तो यो उमङ्ग
स्पर्श त्यो मिठो रसिलो भाव भएँ म त दङ्ग

पवन तिमी बहेर आऊ भगाऊ मलाई
रेशमी केश तरेली बनि चलाऊ मलाई
सम्हाल बाहु रमाई यहाँ प्रेमिल भावमा
तपस्या ठुलो रहला सदा स्वप्निल कामना

सुगन्ध आहा मन नै हर्ने उजेली रातमा
चाहन्छु भुल्न मनको इच्छा समाती हातमा
जुनेली रात कोमल तन रेशमी उपमा
भावना बनू सदैब तिम्रो नयन सुरमा

झुलेका बाली रेशमी फाँट लहर त्यो नौलो
बगोस सदा उन्मादी हावा चाहना सुनौलो
प्रेमिल जोडी चखेवा माथ हृदय रेशमी
सुस्तरी छोयो कायामा आज पवन तरेली 

2 comments:

  1. मिठाे लाग्याे ।

    ReplyDelete
  2. यहाँहरुकाे कमेन्टकाे सधैं स्वागत गर्दछु । धन्यावाद ।

    ReplyDelete

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...