Monday, December 17, 2018

चिताग्नी र तिम्राे माया (कविता २०७५)

बिरहकाे गाथा नगाउने सहमति भएकाे हाे र ?
दुष्टात्माहरुकाे बस्ति शुन्य पनि त भएकाे छैन
तिमीले भनेर हुन्छ र मुटु भित्र कम्पन छुटेकाे बेला
सामना गर्न सक्ने हिम्मत पनि त हुनु पर्याे साथमा ।

भावना उर्लेर कर्णाली बन्ला भनेर झिंगे दाऊ नखेल
रक्त काेषहरु सुकिसके पछि पाे ज्वार उठ्ला त
केवल मनकाे सन्ताेष तिमीलाई असह्य छ
मन र तन अनि मुटुकाे के अर्थ तिमी दूर हुँदा ।

पञ्चामृत शुद्ध हाे भन्ने लाग्छ भने साेमरस किन
देवता पुज्नु थियाे त मलाई किन राेज्याै हृदयबाट
काेमल हुनु फूलकाे दाेष हैन न कि कठाेरता पत्थरकाे
तिमी छान फूल या पत्थर मेराे हृदय भित्र बसेर ।

धड्कन शुन्य हुन तिमीले सिकायाै अाज मलाई
तिमी त छायाँ हाै रातमा कहाँ भेट्नु मैले भन त
रहर मात्र पालेर कहाँ हुन्छ मन र मुटु छुट्टिएकाे बेला
मस्तिष्कले प्यार हुने भए काेमलता किन बाञ्छनिय छ ?

सागर सगरमा मिल्न सक्ने भए तिमी किन उछिट्टियाै
बादल गर्जनु मात्र बर्षात् हाेईन मृत्यु पनि छ त्यहाँ
धेर भावनाका कुरा नगर प्रिय ठण्डीले मन जमेकाे बेला
मायाकाे परिभाषा जानेकाे छैन मैले तिमीले भन्दा बढी ।

न्यानाे त अब देला चिताग्नीले शायद, स्पर्शकाे पराकाष्ठा
शितलता त शरदमा हैन गृष्ममा महसुस गरेँ मैले
तिम्राे सामिप्यताकाे राप असह्य हुँदै गयाे अाज
चितामा सुतेकाे बेला पनि तिम्राे मायाले भत्भती पाेलेकै छ ।

2 comments:

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...