Saturday, July 7, 2018

निषेधाज्ञा (कविता, २०७४)

भुलेको होइन तिमीलाई याद ताजा नै छ
नदेखेको पनि कहाँ हो र ?
सुनेको त पटक्कै छैन, पदचापहरू
धड्कन मात्र बढेको छ ।
सुवासिलो पवनको झोक्का
मन मादक बनाउन पर्याप्त छ ।
जुनकिरी पिल्पीलाउँदा, पूर्णिमाको आभाष छ
औंसी त केहि होइन, दिन नै अँधेरो छ ।
नभनी बस्न सक्दिन
घाउका पाप्रा नकोट्याए वेश
सपना किन देंखु ? विपना भारी छ ।
आऊ जाऊ नगर तिमि, समय छैन
भदौरे भेल होला र त, जीवन श्मसान भयो ।
बगर शुन्य किन नहोस्, शहर खाली हुँदा
नभनु भन्न मन लाग्छ, भंनु भन्ने दिक्क लाग्छ
जाऊ तिमि स्वतन्त्र छौ ..........
निषेधाज्ञा पहिले नै हटिसक्यो ।।

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...