Sunday, July 8, 2018

प्रेयसी र आशा (कविता, २०७४)

बर्षौ भयो तिमीलाई खोजेको
चाहना बलियो नभएर होला, हात नलागेको
धेरै प्रमुख फेरिए, धेरै बाचा बन्धन बाँधिए
करोडौ कस्तुरी बाहिरिए, गैंडा खाग बिहिन भए
भोट त खेर गएकै हो, नोट पनि बचेन
मेलाम्ची नाबनेरै होला राजधानी काकाकुल छ
अरुण र कर्णाली नबनेको अँधेरोमा
तिमी अल्मलियौ शायद, प्रिये !
पेट्रोलको पाइपमा बग्छौ कि, ग्यासको बुलेटमा ?
जहाजमा झण्डा बोक्छौ कि, मोनो रेलमा ?
फास्ट ट्रयाक मा कुद्द्छौ कि, निजगढ़ाको एअरपोर्टमा ?
जसरि आऊ, जहाबाट आऊ, आउन चाहिँ आऊ
न सिंहदरबारमा कुर्न सक्छु न त शितल निवासमा
काष्ठमण्डप त छैन नै प्रिये, न त रानीपोखरी
तानेर लुछे प्रिये, तिम्रो रुप र रंग यहाँ
कुरुप तिमीलाई कुरिरहेछु, मन थामेर
सक्दिन एक्लै छाड्न, माया गरेको छु
बाध्य छु रेमिट्यान्समा जिउन प्रिये
कोशिस छ सिंगार्ने, वाग्मती संग्लो पार्ने
तिमी, तिमी र तिमी नै हों प्रिये, कसलाई सुनाउने ?
रमाउ पुस्तान्तरण होला, आउलान पृथ्वी र भीमसेन
नभए पशुपति र आर्यघाट जिन्दावाद !!

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...