Sunday, December 2, 2018

मूल्यहीन मादकता (कविता २०७५)

संदिग्ध चाहनाहरु किन मनमा उडलिएका छन्
भावना शून्य भएकाे बेला
मानसिकता र माैसम उस्तै छ आज
तिमी भने मायाको कुरा गर्छ्याै
मायालाई मसान प्यारो भएकाे बर्षाैं भईसक्यो ।

बिछोड त प्रिय थिएन सर्वथा
उन्मत्त तिमी फेरी अायाै बियोग गराउन
आशाका दीप धुमिल हुँदै गए
बर्षात्‌काे पानी बगेर प्रेम पखाल्न उद्यत छ
तिमीलाई केही आहट् महसुस नहाेला ।

मन्दिर भित्रका ढुंगे भगवानकाे मुस्कान आहा
चुँडिएका फूलहरुकाे चित्कार काे सुन्ला
तिमी फेरी आयाै पूजाकाे थाली बाेकेर
नगर न  प्रिय यस्तो हठ कठाेर दिल पूजेर
अतृप्त आफ्ना अाँखा जाेगाऊ म मरिसकें ।

सन्ध्या लाली अनि उषा कृष्ण भएकाे बेला
मनसुन अप्रिय भैदियो तिम्रा उच्छ्वासले
आहट नसुनेकाे हैन मृत यी मेरा कानले
तर भावशून्य हुनुकाे मजा अरु के मा होला
प्रिय समय तर्किसक्याे माेल छैन तिम्रो मादकताकाे ।

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...