बग्न नदिएकाे भए मन किन पाेखिन्थ्याे र
तिमीलाई उठाउने झञ्झट भएकाे त छैन नि
आभाष मनमा केही आएकाे भए पाे त
तिमी सधैं एउटै मुस्कानमा देख्छु ।
हँसिलाे चेहराले मन रसिलाे हुने रैछ
भावमा बग्न तिमीसँग म सिकुँला कि
नत्र यही जीवन सदा स्वीकार्य रहने छ
तिमी यति नजिक भएकाे काफी छ मलाई ।
सुन्दरता तिम्राे मुहारबाट मन सम्म छ
म ति सब कुराहरुकाे सम्मान गर्छु
कायाकाे माया के हाेला र खै प्रिय
म त मनकाे माया चाहने मान्छे पाे त ।
मन भित्र बस्न त चाहेकाे हाे खै के भनुँ
तिम्राे भावनाकाे कदर गर्न सिक्दै छु
चञ्चल मन त हाे तर मुटु एकनाशे मेराे
प्रकाशपुञ्ज तिमी अनि म सानाे किरण ।
मन्दिर सजाउन भन्छ्यौ भने दिल खाेलेर
राजी त पहिलाे भेट मै हाे तर नजर झुकेर पाे
फूल के सजाउँ तिमी भन्दा फिका पाे छ
जुन लुकेकाे मैले चाल पाएँ तिमीलाइ देखेर पाे ॥
No comments:
Post a Comment