रातका अन्तिम प्रहरहरु
तिमी बिना बितेका कयौं दिन भयाे
शुरुका प्रहरहरु त सम्झनाका तरेलीमा बिते ।
आउनु जानु नियती हाे भन्छ्यौ तिमी
म त बाध्यता भन्छु रहर हैन
म हात समाती जाउँ भन्छु तिमी मान्दिनौ ।
केवल म मात्र हैन पिडित यहाँ
नभने पनि मैले जानेकाे छु
रहर पाेलेर खरानी घस्न जानेकाे छु ।
ममता त आमाकाे प्रिय सधैं
तिमी त हुन नसकेकी प्रेयसी पाे
रहर पाल भनेकाे मानेकाे भए पाे ।
भनेर नजाग्ने रहर बाध्यकारी कर राज्यकाे
कामना मिठाे पाल्ने किन मन नभरी
उन्नती तिम्राे मानेकाे मैले दिल खाेलेर ।
जागृत इच्छाकाे मलामी जानुकाे पिडा पालेर
म जीवित कसरी हुने धरामा
जीवन शून्य बनाएँ अनुनय अस्वीकार भयाे ।
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Subscribe to:
Post Comments (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...

-
झण्डै हानेको बाइकले । कसरी चलाउँछन् आजकालका केटाकेटीहरु सवारी साधन । आफ्नो ज्यानको समेत ख्याल राख्दैनन् अरुको त कुरै नगरे भो यो शहरमा । ...
-
सुनौलो केश चम्किलो नेत्र उन्नत उरोज गालामा खाल्डो निधार चौडा लाग्दछ सरोज मादक हाँसो मुहार आभा प्रेमिल बदन नहोला कसो प्रेमको जालो खुशीको र...
-
बालुवाको पानी जस्तो पनि जीवन हावाको झोक्काको त कुनै मूल्य नै रहेन् । आस्थाको कमीमा पनि त तिमि साथ मै मेरो आफन्त त दाउ हेरेर दाऊ रोप्छन् । सु...
No comments:
Post a Comment