साेचेकाे मैले त्याे रुप आहा माेहनी आखाँमा
झझल्काे सदा नयन रुप प्रफुल्ल मनमा ।
तरेली केश उपमा के पाे बर्णन गाराे भाे
मनमा बसी रजाइँ उनकाे सर्वथा प्याराे भाे ॥
बिहानी पख देखेथेँ रुप भानुकाे लालिमा
बढ्दै छ दिन फेरिदैं काया तरुण वयमा ।
कल्पना माझ सजाउँ भनी कामना राखेर
हलुकाे काया परीकाे छायाँ मनमा भाकेर ॥
भरिलाे रुप उच्छ्वास मिठाे मन्द छ पवन
राेजी र छाडी गर्दैछ आहा चञ्चल याे मन ।
पावन हाँसाे उन्मत्त बैंश उपमा काेशेली
भरिलाे पद मादक अदा काे बस्ला नहेरी ॥
प्रार्थना गरी नमन पनि खाेजेकाे खुशीमा
आइन आफैं आखिर आज निर्मल भूमिमा ।
हजारौं दृष्टि बचेर फेरी हृदय कुनमा
इज्जत साथ लिएँ है आज स्वीकारी मनमा ॥
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Subscribe to:
Post Comments (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...

-
झण्डै हानेको बाइकले । कसरी चलाउँछन् आजकालका केटाकेटीहरु सवारी साधन । आफ्नो ज्यानको समेत ख्याल राख्दैनन् अरुको त कुरै नगरे भो यो शहरमा । ...
-
मा के का लागि प्रयासरत थिएँ ? थाहा छैन भगिरथ पो पछि परेछन । न सोचेरै साधनामा लिप्त थिएँ शायद एकलव्य हराएछन । आदर्श र मर्यादा खोजेको खो...
-
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...
No comments:
Post a Comment