हिमाल अटल भनेर सबैले मानेकाे कुरा
म मान्न तयार छैन
मेरी उनी हिमाल भन्दा अटल छिन् र पाे
*****
हावाकाे बेग के हाे र भनुँ भने
मैले मान्नै हुन्न त्याे झन्
उनी जस्ताे बेगवान काे पाे छ र ?
*****
पानी कञ्चन भनेर पाे किन मानुँ र मैले
म कदापी मान्न तयार छैन
उनकाे मन स्फटिक समान छ
*****
रगतकाे राताेपन त यसै नै फिक्का
उनी समक्ष त के कुरा गरुँ र
उनकाे ओठकाे लालिकाे अघिल्तिर
*****
चन्द्रमाकाे चमक पनि के हाे र खै
म झन् तुलनै गर्न सक्दिन
उनकाे मुहारकाे कान्ति सामु
*****
काेईली के कराउँछे र एकहाेराे
मेराे मन राखुँ त कसरी
उनकाे मधुर कर्णप्रिय ध्वनी सामुन्ने
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Subscribe to:
Post Comments (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...
-
प्रेमको भाव हृदय माझ उत्पन्न भै गयाे संसार कस्तो अचम्म लाग्दो मनमा के भयो । भेटेकाे छैन देखेकाे छैन प्रेयसी कदापी मनको भाव कसरी आयो ...
-
भुलेको होइन तिमीलाई याद ताजा नै छ नदेखेको पनि कहाँ हो र ? सुनेको त पटक्कै छैन, पदचापहरू धड्कन मात्र बढेको छ । सुवासिलो पवनको झोक्का मन...
-
तिमी नजिक हुन सक्दिनौ किन मलाई दोष दिन्छ्यौ तिम्रो मन सँधै फराकिलो नै भयो केवल म संकुचित चाहना हावामा कौवा खाने बेला तिमी मौन रह्यौ मैले ...
No comments:
Post a Comment