भनेर त केहि गरिन शायद यहाँ मैले
माया मात्र मनमा भएको होला र त
मन पनि त तरंगिंत नै छ सदा किन
कामना उनको समिप्याताको बढ्दाे छ ।।
मन्द पवनले उडाएको केश राशी
अनि झिम झिम गर्ने परेली आहा
चालमा त्यो लचकता नरमाउँ किन
स्वप्न सुन्दरी तिमि कहाँ धर्तीमा अचम्म ।।
समाजको चलन हो कि प्रिय यो
मनले उठाएको भावना भन्न सक्दिन
डर मलाई छैन गुम्ला भन्ने मात्र हो
सोच त पुरानो होइन नविन काया पनि त ।।
तिम्रो रुप अनि मुस्कान मेरो साहस
स्वप्न काया अनि अति मधुर मिलन
उच्छ्वास त कायमै रह्यो सदा उमंगमा
नभनेको त कहाँ हो र मायालु मन ले ।।
प्रकृति तिमि भावनाको पवन, म शायद
सन्जोग पूर्ण मिलन अनि कायाकल्प त होला
अपूर्ण जून किन उदाउँथ्यो ? पूर्णता तिमीमा
स्वीकार छ मलाई यो सपनी विपनी सरि सदा ।।
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Wednesday, March 6, 2019
मायाकाे मादकता (कविता- 2075)
भावनाका कुरामा तिमी सँधै अगाडी
म किन पुग्न सक्दिन तिम्राे छेऊ
मनका तरेली पार लाग्दैनन किन
तिमी समिप नहुँदा ॥
धरतिले आकाश छोए झैं लाग्छ
तिम्राे मायालु स्पर्श पाउँदा
मन तरङ्गित हुन पुग्छ
तिम्रो निश्वासकाे मादकतामा ॥
कामना मेरो सामिप्यता तिम्रो
समय कसीमा परेकाे प्रेमजाल
जादूमय बाेलीकाे निरन्तरता
कामुकता त पटक्कै हाेइन ॥
नयनकाे भाका बुझ्न सजिलो भन्छ्यौ
मेराे त विश्वविद्यालय नै त्यही रे
नयन भाका साथ मन पढ्ने काेशिस
सफलताकाे भारी मुटु भरी भरी ॥
चाँदनी रातमा चम्केका शित बिन्दु
तिम्रो पहल मायाको हरपल
म अनुग्रहित पूर्ण रुपेण सदा
धड्कन-हृदय एक मायाकाे मादकता ॥
म किन पुग्न सक्दिन तिम्राे छेऊ
मनका तरेली पार लाग्दैनन किन
तिमी समिप नहुँदा ॥
धरतिले आकाश छोए झैं लाग्छ
तिम्राे मायालु स्पर्श पाउँदा
मन तरङ्गित हुन पुग्छ
तिम्रो निश्वासकाे मादकतामा ॥
कामना मेरो सामिप्यता तिम्रो
समय कसीमा परेकाे प्रेमजाल
जादूमय बाेलीकाे निरन्तरता
कामुकता त पटक्कै हाेइन ॥
नयनकाे भाका बुझ्न सजिलो भन्छ्यौ
मेराे त विश्वविद्यालय नै त्यही रे
नयन भाका साथ मन पढ्ने काेशिस
सफलताकाे भारी मुटु भरी भरी ॥
चाँदनी रातमा चम्केका शित बिन्दु
तिम्रो पहल मायाको हरपल
म अनुग्रहित पूर्ण रुपेण सदा
धड्कन-हृदय एक मायाकाे मादकता ॥
Subscribe to:
Posts (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...

-
झण्डै हानेको बाइकले । कसरी चलाउँछन् आजकालका केटाकेटीहरु सवारी साधन । आफ्नो ज्यानको समेत ख्याल राख्दैनन् अरुको त कुरै नगरे भो यो शहरमा । ...
-
सुनौलो केश चम्किलो नेत्र उन्नत उरोज गालामा खाल्डो निधार चौडा लाग्दछ सरोज मादक हाँसो मुहार आभा प्रेमिल बदन नहोला कसो प्रेमको जालो खुशीको र...
-
बालुवाको पानी जस्तो पनि जीवन हावाको झोक्काको त कुनै मूल्य नै रहेन् । आस्थाको कमीमा पनि त तिमि साथ मै मेरो आफन्त त दाउ हेरेर दाऊ रोप्छन् । सु...