सुनौलो केश चम्किलो नेत्र उन्नत उरोज
गालामा खाल्डो निधार चौडा लाग्दछ सरोज
मादक हाँसो मुहार आभा प्रेमिल बदन
नहोला कसो प्रेमको जालो खुशीको रोदन ।।
पानीका थोपा पातमा टल्की बस्छन हाँसेर
सुगन्धि पुष्प लहर माथि मयुर नाचेर
सुवास मिठो छरने आहा उन्मत्त वयमा
तरुनी तिमि कोमल मन मादक लयमा ।।
रहर पालि अनौठो सदा धरती रमायो
प्रणय सुख कसरि भोगौं कल्पित मन यो
पन्छीको गीत पुतली नाच्ने शरद ऋतु यो
पवन मन्द बहेको आहा कसिलो प्रित यो ।।
मनको द्वार खोलेर यता मुसुक्क हाँस न
बसेको डर भाग्नेछ प्रिय खुसुक्क भन न
गरौला कुरा मिठा र मिठा प्रित यो संगाली
फुलेको फूल झरेका शीत पिरती सम्हाली ।।
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Saturday, September 28, 2019
मेरी छाया तिमी (कविता-२०७६)
मनको बह भन्ने काम गरेको मैले
तिम्रो प्रत्येक श्वासलाई गनेर
कामना गर्दछु मिठो मिलनको
हिमाली हावा पनि मादक छ ।
बसन्ती रुप तिम्रो मनमा छ
सक्छ्यौ मलाई विर्सन कि रोक्न
झोक्का हुँ पवनको सार्थक मन
भावना पवित्र छ यदि भने सक्दैनौ भन्न ।
केवल मस्तिष्कको बाटो भए पो
किन ओइलाईदैं छ्यौ आँफै घाममा
सुक्नु नै छ भने नदी किन बन्यौ त
खहरे काफि थियो त प्रिये ।
वर्षाको पानी हिउँदकाे हिउँ
तिम्रो नयनजलको को त मूल्य भो
रमाईलो वस्ति नै उजाड भयो तिमी नहुँदा
म कसरी पाउँ जीवन यो धरामा तिमी बिना ?
रहर त रहर नै हो शून्यता यसमा के ?
घात प्रतिघातको शहरमा तिमी एक्लो
मुस्कान छर्न उद्यत तिम्रा अधर मेरा प्रेरणा
रहन्छु सदा थामेर मन बन तिमी छाया मेरी ॥
तिम्रो प्रत्येक श्वासलाई गनेर
कामना गर्दछु मिठो मिलनको
हिमाली हावा पनि मादक छ ।
बसन्ती रुप तिम्रो मनमा छ
सक्छ्यौ मलाई विर्सन कि रोक्न
झोक्का हुँ पवनको सार्थक मन
भावना पवित्र छ यदि भने सक्दैनौ भन्न ।
केवल मस्तिष्कको बाटो भए पो
किन ओइलाईदैं छ्यौ आँफै घाममा
सुक्नु नै छ भने नदी किन बन्यौ त
खहरे काफि थियो त प्रिये ।
वर्षाको पानी हिउँदकाे हिउँ
तिम्रो नयनजलको को त मूल्य भो
रमाईलो वस्ति नै उजाड भयो तिमी नहुँदा
म कसरी पाउँ जीवन यो धरामा तिमी बिना ?
रहर त रहर नै हो शून्यता यसमा के ?
घात प्रतिघातको शहरमा तिमी एक्लो
मुस्कान छर्न उद्यत तिम्रा अधर मेरा प्रेरणा
रहन्छु सदा थामेर मन बन तिमी छाया मेरी ॥
Monday, September 9, 2019
तिम्रो जिद्दी (कविता-२०७६)
के तिमी साँच्चै मलाई नकार्न सक्छ्यौ र,
भावना किन पवित्र लाग्छ सदा मलाइ
तिमी र तिमी मात्र हुनुको पिडा हाे र
संसार शुन्य हाेस् बरु मलाई नत्याग है !
मागेका कुराहरु सहज छैनन् रे पनि भन्छ्यौ
तर पनि बेला बेला मागिरहन्छ्यौ मेरो मन
मैले नदिएको पनि त है न नि तर के गर्नु
तिम्रो बानी नै छ मनसँग खेल्नु अनि फेर्नु ।
बाध्यता मेरो मात्र हैन हाेला नि धरती
तिमी पनि त बाध्य लाग्छ मलाइ बेला बेला
पानी परेकाे बेला हिउँ परेकाे बेला अनि साँझको बेला
आकाश फाटेको बेला अनि औँसीको बेला ।
कायरता र कामुकता कसरी पर्याय भए र प्रिय
मन दुखेको बेला मादकताको के मूल्य ?
भावशुन्य भएकाे बेला पनि त मन खाली नै हाे नि
किन तिमी आफ्नो बाक्चतुर्याइले मलाई जित्छ्यौ हँ ?
भावना किन पवित्र लाग्छ सदा मलाइ
तिमी र तिमी मात्र हुनुको पिडा हाे र
संसार शुन्य हाेस् बरु मलाई नत्याग है !
मागेका कुराहरु सहज छैनन् रे पनि भन्छ्यौ
तर पनि बेला बेला मागिरहन्छ्यौ मेरो मन
मैले नदिएको पनि त है न नि तर के गर्नु
तिम्रो बानी नै छ मनसँग खेल्नु अनि फेर्नु ।
बाध्यता मेरो मात्र हैन हाेला नि धरती
तिमी पनि त बाध्य लाग्छ मलाइ बेला बेला
पानी परेकाे बेला हिउँ परेकाे बेला अनि साँझको बेला
आकाश फाटेको बेला अनि औँसीको बेला ।
कायरता र कामुकता कसरी पर्याय भए र प्रिय
मन दुखेको बेला मादकताको के मूल्य ?
भावशुन्य भएकाे बेला पनि त मन खाली नै हाे नि
किन तिमी आफ्नो बाक्चतुर्याइले मलाई जित्छ्यौ हँ ?
Subscribe to:
Posts (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...

-
झण्डै हानेको बाइकले । कसरी चलाउँछन् आजकालका केटाकेटीहरु सवारी साधन । आफ्नो ज्यानको समेत ख्याल राख्दैनन् अरुको त कुरै नगरे भो यो शहरमा । ...
-
सुनौलो केश चम्किलो नेत्र उन्नत उरोज गालामा खाल्डो निधार चौडा लाग्दछ सरोज मादक हाँसो मुहार आभा प्रेमिल बदन नहोला कसो प्रेमको जालो खुशीको र...
-
बालुवाको पानी जस्तो पनि जीवन हावाको झोक्काको त कुनै मूल्य नै रहेन् । आस्थाको कमीमा पनि त तिमि साथ मै मेरो आफन्त त दाउ हेरेर दाऊ रोप्छन् । सु...