सुनौलो केश चम्किलो नेत्र उन्नत उरोज
गालामा खाल्डो निधार चौडा लाग्दछ सरोज
मादक हाँसो मुहार आभा प्रेमिल बदन
नहोला कसो प्रेमको जालो खुशीको रोदन ।।
पानीका थोपा पातमा टल्की बस्छन हाँसेर
सुगन्धि पुष्प लहर माथि मयुर नाचेर
सुवास मिठो छरने आहा उन्मत्त वयमा
तरुनी तिमि कोमल मन मादक लयमा ।।
रहर पालि अनौठो सदा धरती रमायो
प्रणय सुख कसरि भोगौं कल्पित मन यो
पन्छीको गीत पुतली नाच्ने शरद ऋतु यो
पवन मन्द बहेको आहा कसिलो प्रित यो ।।
मनको द्वार खोलेर यता मुसुक्क हाँस न
बसेको डर भाग्नेछ प्रिय खुसुक्क भन न
गरौला कुरा मिठा र मिठा प्रित यो संगाली
फुलेको फूल झरेका शीत पिरती सम्हाली ।।
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Subscribe to:
Post Comments (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...
-
प्रेमको भाव हृदय माझ उत्पन्न भै गयाे संसार कस्तो अचम्म लाग्दो मनमा के भयो । भेटेकाे छैन देखेकाे छैन प्रेयसी कदापी मनको भाव कसरी आयो ...
-
भुलेको होइन तिमीलाई याद ताजा नै छ नदेखेको पनि कहाँ हो र ? सुनेको त पटक्कै छैन, पदचापहरू धड्कन मात्र बढेको छ । सुवासिलो पवनको झोक्का मन...
-
मा के का लागि प्रयासरत थिएँ ? थाहा छैन भगिरथ पो पछि परेछन । न सोचेरै साधनामा लिप्त थिएँ शायद एकलव्य हराएछन । आदर्श र मर्यादा खोजेको खो...
No comments:
Post a Comment