पदचापहरु अकस्मात मधुर हुँदै गए
नदीको वहाव पनि त शुन्य नै लाग्ने भयो
तिमी नहुँदा मनका तारहरु पनि चुँडिन खोजे
केवल मन मात्र छैन मसँग मस्तिष्क पनि छ
तर के गर्नु दुवै अकस्मात शुन्य भैदिए ।
तरंग त त्यही नै हो नि होइन र ?
बादलहरु अकस्मात जुध्न थाले
पानी पर्ने संकेत त मैले भेटिन तर पनि
धुँवा उडेकै हो त प्रिय तिम्रो प्रस्थान मा ?
मधुर मिलनको आशामा म तिमीलाई
छोटो बिदा दिँदैछु भन्ने लाग्छ
तर त्यो मिलनको पर्खाई हरपल कठिन छ
भित्ते घडी ट्वाक ट्वाक तिमीलाई सम्झाउँदै छ
फोनका प्रत्येक घण्टी झन् उद्यत छन्
यिनै अचल पानाहरुमा चलायमान जीवन खोज्दै छु
तिमी आउने बाटो हेर्दै चश्माको धूलो पुछ्दै छु ।।
यस ब्लगमा भएका लेख, कथा, कविता वा यिनका कुनै अंश अनुमति बिना जस्ताकाे तस्तै कपि गरेर वा ताेडमाेड गरेर कतै प्रकाशन वा बाचन गर्न पाइने छैन । यदि यसाे गरेकाे पाईएमा प्रचलित प्रतिलिपी अधिकार कानुन बमाेजिम हुने कुरा अवगत गराइन्छ ।
Wednesday, October 23, 2019
Subscribe to:
Comments (Atom)
शक्तिहीन माया (कविता)
सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...
-
प्रेमको भाव हृदय माझ उत्पन्न भै गयाे संसार कस्तो अचम्म लाग्दो मनमा के भयो । भेटेकाे छैन देखेकाे छैन प्रेयसी कदापी मनको भाव कसरी आयो ...
-
भुलेको होइन तिमीलाई याद ताजा नै छ नदेखेको पनि कहाँ हो र ? सुनेको त पटक्कै छैन, पदचापहरू धड्कन मात्र बढेको छ । सुवासिलो पवनको झोक्का मन...
-
मा के का लागि प्रयासरत थिएँ ? थाहा छैन भगिरथ पो पछि परेछन । न सोचेरै साधनामा लिप्त थिएँ शायद एकलव्य हराएछन । आदर्श र मर्यादा खोजेको खो...