Tuesday, January 21, 2020

असमान हृदय (कविता)


एकाग्र हुने कामना नभएको होइन मलाई
तर किन मन सदा चञ्चलता मन पराउँछ
कामना गर्छु उनी छेउ आउन् र केही बात गरुँ
तर भ्रम सँधै भ्रमित हुने गर्दछ मन जस्तै ।

सूर्यको लाली अनि तिम्रो मुहारको कान्ति
भाव भंगी अनि अतुल सौन्दर्यताकी खानी
किन सँधै ‌ओरालो लागेको देख्छ यो मनले
मन त मनै हो आखिर मूर्ति कदापी हैन ।

भन्न त मन थियो धेरै कुरा आफ्नालाई पनि
तर किन ओठहरु मुर्छित् छन् अनि भावशुन्य आँखा
चिलको छाया परेको सर्प झैं किन महसुस हुन्छ ?
रक्तसंचार रोकिनु अनि आँशु झर्नु एकतमास ।

प्रणय कामना कहिले आएन प्रकृतिमा मनको
उद्यत भए सदा कान्ति र लालीका लागि एकाग्र भै
आकाशका काला बादल पनि स्वर्ण भान हुने मन
पानीका बाछिटा अनि उनको छुन नसकिने मुस्कान ।

आफन्त महान् छन् भन्ने भ्रम पालेर मैले
ईशको दोष देख्ने नयन पालेको छु सदा किन ?
एकाग्रता भँग गरिदिने मेनकाको अभाव छ जीवनमा
उनी सदा सरस्वती र कालीको रुपमा मात्र प्रसन्न ।

पूजाको थालि बोकेर म मन्दिर धाउन सक्दिन कदापी
उनी मेरो हृदय मन्दिरमा प्रवेश नगर्ने कसम खान्छिन
बिजुली चम्कदाँ पनि म माया पाउँदिन एक्लो छु यहाँ
उनको चाल अनि पवनको गति मलाई माथ गर्छ सदा ।
२०७५, प्रवास

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...