Saturday, April 13, 2019

२०७६ को शुभकामना (कविता २०७६)


छाएको अति बहार खुशी नविन वर्षमा
रहोस् सदा कामना मिठो सबैको हर्षमा
बितेर गयो पुरानो साल नविन आएर
प्रेमिल भाव जागोस् मन खुशिको सयर ।

कामना शुभ प्रत्येक पल छा‍ओस हरमा
दरिद्र दुःख नहोस कोही नेपाली घरमा
छाडेर राग रिसको भाव प्रेममा रमुँला
मुस्कान मीठो छरेर बसुँ नेपाली कहूँला

दिँदैछु शुभ कामना यहाँ सबको खातिर
हाँसेर बाँचु नलाने केही अन्त्यमा आखिर
स्वप्निल काया बसन्त छाया भाव यो तल्लिन
बनोस् शुभ रहाेस् शुभ साल यो नविन ॥

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...