Wednesday, March 6, 2019

स्वीकार्य सपनी (कविता २०७५)

भनेर त केहि गरिन शायद यहाँ मैले
माया मात्र मनमा भएको होला र त
मन पनि त तरंगिंत नै छ सदा  किन
कामना उनको समिप्याताको बढ्दाे छ ।।

मन्द पवनले उडाएको केश राशी
अनि झिम झिम गर्ने परेली आहा
चालमा त्यो लचकता नरमाउँ किन
स्वप्न सुन्दरी तिमि कहाँ धर्तीमा अचम्म ।।

समाजको चलन हो कि प्रिय यो
मनले उठाएको भावना भन्न सक्दिन
डर मलाई छैन गुम्ला भन्ने मात्र हो
सोच त पुरानो होइन नविन काया पनि त ।।

तिम्रो रुप अनि मुस्कान मेरो साहस
स्वप्न काया अनि अति मधुर मिलन
उच्छ्वास त कायमै रह्यो सदा उमंगमा
नभनेको त कहाँ हो र मायालु मन ले ।।

प्रकृति तिमि भावनाको पवन, म शायद
सन्जोग पूर्ण मिलन अनि कायाकल्प त होला
अपूर्ण जून किन उदाउँथ्यो ? पूर्णता तिमीमा
स्वीकार छ मलाई यो सपनी विपनी सरि सदा ।।

मायाकाे मादकता (कविता- 2075)

भावनाका कुरामा तिमी सँधै अगाडी
म किन पुग्न सक्दिन तिम्राे छेऊ
मनका तरेली पार लाग्दैनन किन
तिमी समिप नहुँदा ॥

धरतिले आकाश छोए झैं लाग्छ
तिम्राे मायालु  स्पर्श पाउँदा
मन तरङ्गित हुन पुग्छ
तिम्रो निश्वासकाे मादकतामा ॥

कामना मेरो सामिप्यता तिम्रो
समय कसीमा परेकाे प्रेमजाल
जादूमय बाेलीकाे निरन्तरता
कामुकता त पटक्कै हाेइन ॥

नयनकाे भाका बुझ्न सजिलो भन्छ्यौ
मेराे त विश्वविद्यालय नै त्यही रे
नयन भाका साथ मन पढ्ने काेशिस
सफलताकाे भारी मुटु भरी भरी ॥

चाँदनी रातमा चम्केका शित बिन्दु
तिम्रो पहल मायाको हरपल
म अनुग्रहित पूर्ण रुपेण सदा
धड्कन-हृदय एक मायाकाे मादकता ॥

Monday, February 4, 2019

लुकेकाे जून (कविता २०७५)

बग्न नदिएकाे भए मन किन  पाेखिन्थ्याे र
तिमीलाई उठाउने झञ्झट भएकाे त छैन नि
आभाष मनमा केही आएकाे भए पाे त
तिमी  सधैं एउटै मुस्कानमा देख्छु  ।

हँसिलाे चेहराले मन रसिलाे हुने रैछ
भावमा बग्न तिमीसँग म सिकुँला  कि
नत्र यही जीवन सदा स्वीकार्य रहने छ
तिमी यति नजिक भएकाे काफी छ मलाई ।

सुन्दरता तिम्राे मुहारबाट मन सम्म छ
म ति सब कुराहरुकाे सम्मान गर्छु
कायाकाे माया के हाेला र खै प्रिय
म त मनकाे माया चाहने मान्छे पाे त ।

मन भित्र बस्न त चाहेकाे हाे खै के भनुँ
तिम्राे भावनाकाे कदर गर्न सिक्दै छु
चञ्चल मन त हाे तर मुटु एकनाशे मेराे
प्रकाशपुञ्ज तिमी अनि म सानाे किरण ।

मन्दिर सजाउन भन्छ्यौ भने दिल खाेलेर
राजी त पहिलाे भेट मै हाे तर नजर झुकेर पाे
फूल के सजाउँ तिमी भन्दा फिका पाे छ
जुन लुकेकाे मैले चाल पाएँ तिमीलाइ देखेर पाे ॥

Friday, February 1, 2019

अस्वीकृत अनुनय (कविता २०६८)

रातका अन्तिम प्रहरहरु
तिमी बिना बितेका कयौं दिन भयाे
शुरुका प्रहरहरु त सम्झनाका तरेलीमा बिते ।

आउनु जानु नियती हाे भन्छ्यौ तिमी
म त बाध्यता भन्छु रहर हैन
म हात समाती जाउँ भन्छु तिमी मान्दिनौ ।

केवल म मात्र हैन पिडित यहाँ
नभने पनि मैले जानेकाे छु
रहर पाेलेर खरानी घस्न जानेकाे छु ।

ममता त आमाकाे प्रिय सधैं
तिमी त हुन नसकेकी प्रेयसी पाे
रहर पाल भनेकाे मानेकाे भए पाे ।

भनेर नजाग्ने रहर बाध्यकारी कर राज्यकाे
कामना मिठाे पाल्ने किन मन नभरी
उन्नती तिम्राे मानेकाे मैले दिल खाेलेर ।

जागृत इच्छाकाे मलामी जानुकाे पिडा पालेर
म जीवित कसरी हुने धरामा
जीवन शून्य बनाएँ अनुनय अस्वीकार भयाे ।

Wednesday, January 16, 2019

मनकाे स्वीकारोक्ति (कविता २०७५)

साेचेकाे मैले त्याे रुप आहा माेहनी आखाँमा
झझल्काे  सदा नयन रुप प्रफुल्ल मनमा ।
तरेली केश उपमा के पाे बर्णन गाराे भाे
मनमा बसी रजाइँ उनकाे सर्वथा प्याराे भाे ॥

बिहानी पख देखेथेँ रुप भानुकाे लालिमा
बढ्दै छ दिन फेरिदैं काया तरुण वयमा ।
कल्पना माझ  सजाउँ भनी कामना राखेर
हलुकाे काया परीकाे छायाँ मनमा भाकेर ॥

भरिलाे रुप उच्छ्वास मिठाे मन्द छ पवन
राेजी र छाडी गर्दैछ आहा चञ्चल याे मन ।
पावन हाँसाे उन्मत्त बैंश उपमा काेशेली
भरिलाे पद मादक अदा काे बस्ला नहेरी ॥

प्रार्थना गरी नमन पनि खाेजेकाे खुशीमा
आइन आफैं आखिर आज निर्मल भूमिमा ।
हजारौं दृष्टि बचेर फेरी हृदय कुनमा
इज्जत साथ लिएँ है आज स्वीकारी मनमा ॥

उनकाे तुलना कहाँ र ? (कविता २०७५)

हिमाल अटल भनेर सबैले मानेकाे कुरा
म मान्न तयार छैन
मेरी उनी हिमाल भन्दा अटल छिन् र पाे
*****
हावाकाे बेग के हाे र भनुँ भने
मैले मान्नै हुन्न त्याे झन्
उनी जस्ताे बेगवान काे पाे छ र ?
*****
पानी कञ्चन भनेर पाे किन मानुँ र मैले
म कदापी मान्न तयार छैन
उनकाे मन स्फटिक समान छ
*****
रगतकाे राताेपन त यसै नै फिक्का
उनी समक्ष त के कुरा गरुँ र
उनकाे ओठकाे लालिकाे अघिल्तिर
*****
चन्द्रमाकाे चमक पनि के हाे र खै
म झन् तुलनै गर्न सक्दिन
उनकाे मुहारकाे कान्ति सामु
*****
काेईली के कराउँछे र एकहाेराे
मेराे मन राखुँ त कसरी
उनकाे मधुर कर्णप्रिय ध्वनी सामुन्ने

Tuesday, January 15, 2019

भागेकाे मायालुपन (कविता २०७५)

भन्नु पर्ने थियाे तिमीले जाँदै छु भनेर
किन भन्न सकिनाै, भावना लुकाएर लुके  पाे
मनका तरेलीहरुले मैले छेकेकाे त थिइन नि
तर तिमी साना पर्खालहरु पनि नाघ्न सक्दिनाै

आउने बेला मलाई साेधिनाै
मुटुकाे ढाेका बन्द पनि त थिएन शायद
कमलाे मेराे मनमा तिम्रा गहिरा पदचापहरु
कहिले नमेटिने भए प्रिय !

सामना गर्न नसक्नु कामना पनि त हाेइन नि
केवल तिम्रा मुहारकाे हाँसाे र ओठकाे लालि
पनि त जीवन हाेईन, मेराे बुझाई फरक किन ?
तिमी तरेली केश लहराउँदै किन आयाै त ?

तिमी नआएकाे भए मेराे के हुन्थ्याे त्याे त म
भन्न सक्दिन, तर मन भने हलुकाे पकै हुने थिएन
आखिर किन तिमी जिद्दि गर्दैछाै मेराे मनमा बस्न ?
ढाेका खुल्ला हुँदा नखरा देखायाै अहिले म माैन

राेजाइ किन मेराे पृथक तिमीसँग भनेर साेध
कामना त गुलाफकाे थियाे तर पाएँ पलासँ
बासना शून्य कामना शून्य भावना शून्य
भागेका मायालुपन किन लुप्त छन् हृदयमा ॥



शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...